यसरी तयार हुँदैछ रानीपोखरी « Khabarhub

यसरी तयार हुँदैछ रानीपोखरी

तीन करोड लिटर पानी जमाइने



काठमाडौँ- काठमाडौँको केन्द्रमा रहेको रानीपोखरी पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । २०७५ साल फागुन २० गतेबाट निर्माण सुरु गरिएको काम झण्डै ९७ प्रतिशत सम्पन्न भएको छ ।

निर्माणको अन्तिम चरणमा पुगेसँगै निरन्तर परेको वर्षाको पानीले पोखरी तलाउ बनेको छ । यससँगै पोखरीमा पानी जमाउने प्रक्रिया पनि सुरु भएको छ ।

पोखरी ५ फिट २ इन्च गहिरो छ । त्यहाँ ३ करोड लिटर पानी अट्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । यसका लागि ५ तरिकाबाट पानीको व्यवस्थापन गरिने प्राधिकरण सम्पदाविज्ञ राजुमान महर्जनले जानकारी दिए ।

उनका अनुसार २६० मिटर गहिराका २ वटा बोरिङ खनिएका छन् । वीरअस्पताल अगाडि टुँडिखेलभित्र इनारबाट पनि पानी तान्ने तयारी छ । मलेम्ची खानेपानीको डेडिकेटिड लाइन लिने कुरा भएको उनका अनुसार दरबार हाइस्कूलबाट पानी प्राप्त गर्ने दुई वटा लाइन छन् र यो पनि खोल्ने प्रयास भएको छ ।

उपभोक्ता समितिको काम अन्तिम चरणमा

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको रानीपोखरी २०७५ साल फागुन २० गते शिवरात्रिका दिन उपभोक्ता समितिमार्फत पुनर्निर्माण सुरु भएको थियो ।

सुरुमा समितिले भक्तपुरका ६० जनाभन्दा बढी महिला कामदार लगाएर रानीपोखरी सफा गरायो ।

घास काट्ने र जलाउने कामबाट सुरु भएको पुनर्निर्माण बिस्तारै अघि बढ्यो । मानिसले हातैले मात्र काम गर्दा काम लम्बिने भएपछि प्राधिकरणले गत कात्तिमा पोखरीमा डोजर लगाएर काम सुरु गर्‍यो ।

सम्पदा क्षेत्रमा ठूला औजार प्रयोग गर्न नहुने भनिए पनि खर्च बढ्ने र समय पनि लम्बिने भएकाले मेसिन प्रयोगन गर्नुपरेको महर्जनले खरबहबलाई बताए ।

उनले भने, ‘मानवीय स्रोतलाई निरन्तरता दिइरहेको भए पोखरी सम्पन्न गर्न अझै सात–आठ वर्ष लाग्ने थियो तर डोजरले काम थालेसँगै पोखरी छिट्टै पुरानै स्वरूपमा फर्किसकेको छ ।’

समयावधिलाई ध्यानमा राखेर प्राधिकरणले डोजर प्रयोग गरेपछि कामदारहरू पोखरीको पर्खाल बनाउने काममा केन्द्रित भए ।

‘समितिमार्फतको काम करिब ३ प्रतिशत बाँकी छ’ महर्जनले भने, ‘लगातारको वर्षाले पोखरीमा पानी जमेर काम गर्न असहज भएको छ, अहिले जमेको पानी पम्प लगाएर बाहिर फ्याँकिरहेका छौँ ।’

यसरी तयार भयो १६ महिनामा

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीमा शिल्यान्यास गरेर सम्पदा पुनर्निर्माणको सुरुवात थिइन् ।

लगत्तै रानीपोखरी पुनर्निर्माणको आशा गरे पनि लगभग ३ वर्ष काम अघि बढेन । काठमाडौँ महानगरपालिकाले पुनर्निर्माण गर्ने भनिए पुरातत्व विभागसँग त महानगरपालिकाबीच कुरा नमिल्दा काम अघि बढ्न सकेन ।

सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनर्निर्माण गर्नेगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको थियो ।

बालगोपालेश्वर मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गर्न प्राधिकरणले तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गर्‍यो । अहिले मन्दिरसम्म पुग्ने पुल बनिसकेको छ भने मन्दिरको काम धमाधम छ ।

गत वर्ष भाइटीकाका दिन उद्घाटन गर्ने भनिए पनि काम पूरा नभएको र आउँदो भाइटीकामा हुने महर्जनले बताए । गत वर्ष माघको दोस्रो सातामै पोखरी निर्माण सक्ने र पानी जमाउने भनिएको थियो । कालो माटो अभाव भएकाले काम धकेलिएको उनको भनाइ छ ।

भक्तपुर र काठमाडौँका विभिन्न स्थानबाट ल्याइएको कालो माटो र इटा भुइँमा र भित्तामा लगाएर पोखरीमा पानी जम्ने बनाइएको छ ।

कोरोनाले घटे कामदार

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण देशमा लकडाउन भएपछि सुरक्षा मापदण्ड पालना गर्दै प्राधिकरणले रानीपोखरी पुनर्निर्माणको काम चालु राखेको छ ।

लकडाउनले कामदारहरू तितरबितर भएपछि असर परेको महर्जनले बताए । उनका अनुसार लकडाउनअघि दैनिक ९० जनासम्मले काम गरेकोमा अहिले २७ जना छन् ।

तस्वीर : सन्तोष श्री

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १० : १८ बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।