अष्ट्रेलियामा एसियालीविरूद्ध भेदभाव भएको चीनको आरोप « Khabarhub

अष्ट्रेलियामा एसियालीविरूद्ध भेदभाव भएको चीनको आरोप


२९ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियामा कोरोनाबा भाइरसको संक्रमणपछि एसियालीविरुद्ध भेदभाव देखिएको चीनले आरोप लगाएको छ ।

अष्ट्रेलियाले अहिले पनि कोरोनाको महामारी प्रभावकारी रूपमा नियन्त्रण गर्न नसकिएको तथा एसियाका नागरिकमा भेदभाव हुने भएकाले तत्काल त्यहाँ अध्ययनका लागि नजान उसले आफ्ना नागरिकलाई अपिल गरेको छ ‍।

चीनको शिक्षा मन्त्रालयले कोरोनाको खतरा र देखिएको भेदभावलाई सम्भावित जोखिमको रूपमा देखाउँदै तत्कालै पढ्नको लागि नजान भनेको हो ।

अन्तर्राष्ट्रिय भ्रमण र खुला क्याम्पसहरूमा जोखिम रहेको भन्दै अब त्यहाँ पढ्न जाने वा नजानेबारे गम्भीर छलफल गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि लोकप्रिय गन्तव्य अष्ट्रेलियामा चीनको उक्त आरोपसँगै त्यहाँ चिनियाँ विद्यार्थीको संख्या घट्ने आकलन हुन थालेको छ ।

अष्ट्रेलियाले कोरोना भाइरसको उद्भवका बारेमा स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेदेखि चीन र अष्ट्रेलियाबीचको सम्बन्ध चिसिदै गएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ५ : ४८ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई