काठमाडौं – बार्यन म्युनिख जर्मन कप फुटबलको उपाधि नजिक पुगेको छ ।
साबिक विजेता बार्यनले बुधबार राति भएको सेमिफाइनलमा फ्रायांकफुर्टलाई २–१ ले पराजित गर्दै फाइनलमा प्रवेस गरेको छ ।
घरेलु मैदानमा भएको खेलमा बार्यनका लागि पेरिसिक र रोबर्ट लेवान्डोस्कीले गोल गरे । फ्रायांकफुर्टका लागि ड्यानी डा कोस्टाले एक गोल फर्काए ।
पेरिसिकले १४ औँ तथा लेवान्डोस्कीले ७४ औँ मिनेटमा गोल गरेका हुन् । यस्तै डा कोस्टाले ६९ औँ मिनेटमा एक गोल फर्काएका हुन् ।
उपाधिका लागि बार्यन म्युनिखले अब बायर लेभरकुजनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रतिक्रिया