कोरोना भाइरसले विश्वभर ७४ लाख ४६ हजारभन्दा बढी संक्रमित, ४ लाख १८ हजारको मृत्यु « Khabarhub

कोरोना भाइरसले विश्वभर ७४ लाख ४६ हजारभन्दा बढी संक्रमित, ४ लाख १८ हजारको मृत्यु


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १८ हजार नाघेको छ ।

विहिबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १६५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १८ हजार १३७ पुगेको छ ।

विश्वका २१३ मुलुक र २ पानीजहाजमा गरी संक्रमित हुने मानिसको संख्या ७४ लाख ४६ हजार नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ लाख ३४ हजार ५९३ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ७४ लाख ४६ हजार ११७ पुगेको छ ।

३३ लाख २ हजार ३२१ जनाको उपचार भइरहेकोमा ५३ हजार ८१२ जनाको अवस्था गम्भीर छ । ३७ लाख २५ हजारभन्दा बढी मानिस उपचारपछि निको भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा विहिबार बिहानसम्म १ लाख ८० हजार ९४१ जनाको मृत्यु भएको छ ।

२१ लाख ३९ हजार ७३८ जना संक्रमित भएकोमा ११ लाख २० हजार ७७७ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ३९ हजार ६३६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या २३ लाख ५५ हजार ४४९ पुगेको छ । त्यसमध्ये ९ लाख ८३ हजार ५३९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा ३७ हजार ८१ जनाको मृत्यु भएको छ । १४ लाख ६२ हजार १९६ जना संक्रमित भएकोमा ८ लाख ८९ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा ५४ हजार ६२३ जनाको मृत्यु भएको छ । १२ लाख ६७ हजार ११५ जना संक्रमित भएकोमा ६ लाख २५ हजार ७७३ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ५ हजार ७१७ जनाको ज्यान गएको छ भने २ लाख १२ हजार ११ संक्रमित छन् । संक्रमितमध्ये ९७ हजार १६३ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२४ जनाको मृत्यु भएको छ । ८ हजार ८८७ जना संक्रमित भएकोमा ८ हजार ३३२ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ६ : ५४ बजे

परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट

काठमाडौं – परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत

इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा

ब्रसेल्स – युरोपेली सङ्घ (इयू)ले सोमबार इरानको रिभोलुसनरी गाड्र्सको नौसैनिक

सात वर्षपछि उत्तर कोरिया पुगेका सीलाई किमले भने- हाम्रो सम्बन्ध धेरै मजबुत छ

काठमाडौं- सात वर्षपछि उत्तर कोरिया पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई

इरानी नौसैनिक शाखामाथि ईयूको नयाँ प्रतिबन्ध

ब्रसेल्स- युरोपेली सङ्घ (इयू) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स