म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालन « Khabarhub

म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमित सञ्चालन


२९ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि जारी लकडाउनको समयमा समयतालिकाअनुसार सञ्चालन हुँदै आएका म्याग्दीका बैंक तथा वित्तीय संस्था आजदेखि नियमितरूपमा सञ्चालनमा आउने भएका छन् ।

आर्थिक वर्षको अन्तिम चौमासिकको भुक्तानी र सेवाग्राहीको चापलाई मध्यनजर गर्दै बिहान ११ देखि ३ बजेसम्म नियमित सेवा प्रवाह गर्न आह्वान गरिएको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीले जानकारी दिए ।

चैत ११ देखि जारी लकडाउनको शुरुआतमा सबै बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा बन्द गरिएको थियो । एक महिनायता बैंक तथा वित्तीय संस्थालाई हप्तामा एक र दुई दिन गरी समय तालिका दिएर सेवा सञ्चालन गराउँदै आइएको थियो ।

भीडभाड हुने र कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै समयतालिकाअनुसार सेवा प्रवाह गराउँदै आएका बैंक तथा वित्तीय संस्थाले आजदेखि भने नियमितरुपमै सेवा प्रवाह गर्न पाउने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाह गर्दा सेवाग्राहीबीचमा तीन फिटको भौतिक दूरी कायम गर्ने, साबुनपानीले हात धुने र स्यानिटाइजरको प्रयोगलगायत स्वास्थ्य सावधानी अपनाएर मात्रै सेवा दिन आग्रह गरेको छ ।

यस्तै सेवा प्रदायक र सेवाग्राही दुवैले अनिवार्यरूपमा मास्कको प्रयोग गर्ने, सेवाग्राहीको दैनिक विवरण राख्नेलगायतका शर्तहरुको पालना गरेर सेवा सञ्चालन गराउन निर्देशन दिइएको सहायक प्रजिअ सुवेदीले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ८ : २४ बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई