भक्तपुरमा भेलले बगाएका चालक अझै बेपत्ता « Khabarhub

भक्तपुरमा भेलले बगाएका चालक अझै बेपत्ता


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको सल्लाघारीको पूर्वी क्षेत्रमा आधा घण्टा परेको मुसलधारे वर्षाले अरनिको राजमार्गमा आएको भेलसँगै ढलभित्र छिरेर हनुमन्ते नदीमा बेपत्ता भएका ट्रक चालक अझै भेटिएका छैनन् ।

अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको चुनदेवीमा आएको भेलको गहिराइ हेर्न गएका सिन्धुली रानीचुरी घर भई हेटौँडा मकवानपुर बस्ने ५७ वर्षीय नरबहादुर राउत बुधबारदेखि बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

ना६ख १६१६ नम्बरको ट्रकमा हेटौँडाबाट ल्याएको सिमेन्ट सल्लाघारीमा झारेर अरनिको राजमार्गको सर्भिस ट्र्याक हुँदै सूर्यविनायकतर्फ जाने क्रममा चुनदेवी पुगेपछि सडकमा गहिरो छ कि भनेर हेर्न जाँदा उनलाई भेलले हुत्याएर ढलभित्र छिराएर बेपत्ता बनाएको प्रधानले जानकारी दिए ।

घटनापछि महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती, नेपाली सेना वीरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी बल दुवाकोटको प्रमुखसहितको सुरक्षाकर्मीको टोली र अरुण सैँजूलगायत स्वयंसेवकको टोलीले खोजी गरेका थिए ।

सुरक्षाकर्मी र स्वयंसेवकको टोली ढलभित्र छिरेर खोलासम्म पुगेर खोजी गरेका थिए । सल्लाघारीका प्रतक्ष्यदर्शीले टाउकोमा चोट लागेको मानिस बगेको देखेको जानकारी दिएका छन् ।

सुरक्षाकर्मीको टोलीले हनुमन्ते खोलाको सल्लाघारीदेखि, राधेराधे, जुडीबुटी र नरेफाँटसम्म हुँदै ललितपुर र काठमाडौँका खोलामा समेत रातिसम्म खोजी गर्दा पनि नभेटिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए ।

 

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ८ : ५६ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा