लिपुलेक भारतको भनेर चीनले स्वीकारी सक्यो – पूर्वराजदूत सुद « Khabarhub

लिपुलेक भारतको भनेर चीनले स्वीकारी सक्यो – पूर्वराजदूत सुद


२९ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालका लागि भारतका पूर्वराजदूत राकेश सुदले नेपालको लिपुलेकलाई चीनले भारतकै हो भनेर स्वीकार गरिसकेको दावी गरेका छन् ।

बीबीसी हिन्दीले तयार पारेको कभर स्टोरी भिडियोमा पूर्वराजदूत सुदले चीन र भारतबीच भएका सम्झौताहरु स्मरण गराउँदै उक्त दावी गरेका हुन् ।

सुदका अनुसार सन् २०१५ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणमा जाँदा चीन र भारतबीच भएको सम्झौतामा चीनले उक्त भूभाग भारतकै मानेको उल्लेख गरे ।

लिपुलेक भारतकै रहेको मानेर चीनले भारतसँग सीमा व्यापार सम्झौता गरेको उनको भनाइ छ ।

नेपाल र भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी विवाद पछिल्लो समय बढ्नुमा एक अर्काबीच विश्वासको कमी भएको पनि उनले बताए ।

 ‘भारतलाई विश्वासमा नलिइकन यति ठूलो फैसला नेपालले कसरी लियो ?’ बीबीसीको प्रश्नमा पूर्वराजदूत सुदले भने, ‘धेरथोर कमी भारतका तर्फबाट पनि रह्यो, सायद यसकारण पनि हुन सक्छ कि हाम्रा राजदूत त्यहाँ (नेपालमा) डिसेम्बरमा रिटायर हुँदै थिए र नयाँ राजदूत पुग्न दुई–तीन महिना लाग्दै थियो ।’

नेपाल–भारत सीमा विवादमा चीनको कुनै प्रकारको भूमिका रहेको भन्नेमा आफूलाई विश्वास नलागेकोसमेत उनले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ११ : २२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको