बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन, अश्रुग्यास र पानीको फोहोरा प्रहार | Khabarhub Khabarhub

बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन, अश्रुग्यास र पानीको फोहोरा प्रहार


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटार परिसरमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।

प्रदर्शनकारीलाई तितरवितर बनाउन प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले पानीको फोहोरा तथा अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई हटाएको छ ।

सरकारले कोरोनाको महामारीको विषम परिस्थितिमा पनि पारदर्शी काम नगरेको, कोरोना नियन्त्रणमा प्रभावकारी काम नगरेको भन्दै सरकारविरुद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् ।

देश अहिले कोरोना भाइरस स‌ंक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनमा छ । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो ।

उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा प्रदर्शन गरेका थिए। सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि आज झन धेरैको संख्यामा उपस्थित भएर सरकारविरुद्ध नाराबाजी गरिएको छ ।

भिडियो हेर्नुहोस्

 

View this post on Instagram

 

We are in third month of lockdown. How will people survive when there is no source of income ? Extending lockdown isn’t the solution anymore. People are dying from starvation. We are certainly trapped in a very bad situation delivered by the corona virus pandemic. This generation is more aware about what’s happening in the country. No ones gonna fall for fake promises of corrupted politicians anymore. This is happening right now. This will keep repeating until the government is able to handle this chaos systematically. The #powerofyouth we play a significant role to shape the future of our beloved country, Nepal 🇳🇵 Where and how is the fund for Covid19 being utilized ? How to pay tax when our wallets are empty? So many questions are left unanswered. This is the outburst of lack of governments incompetence in prioritizing its citizens basic right. However, I feel peaceful protest along with maintaining social distancing should be promoted and practiced. Meanwhile we need to continue maintaining social distancing and follow measures to prevent from covid19 even after we get back to our normal lives. #postlockdown #endlockdownsystematically

A post shared by Niti Shah (@shah_niti) on

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १ : ०३ बजे

‘आगलागी न्यूनिकरणमा सरकार यति असंवेदनशील किन ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक

मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न

झापा– मेचीनगर नगरपालिका क्षेत्रभित्र तीनवटा ठूला खानेपानी आयोजना निर्माण भएका