सडक विस्तारले कतै खुशी, कतै त्रास « Khabarhub

सडक विस्तारले कतै खुशी, कतै त्रास


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- बागलुङ जिल्ला सदरमुकादेखि जैमिनी नगरपालिका जाने ‘पाग्जा टाकुरी सडकखण्ड’मा कालोपत्र गर्ने अन्तिम तयारीसँगै दक्षिण भेगका नागरिक उत्साहित छन् ।

दुई वर्षमा काम सक्ने गरी निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले एक वर्षमै सडक कालोपत्र योजनाका साथ बन्दाबन्दीमा पनि दिनरात काम गरिरहेको छ । सो काम सम्पन्न भएपछि सो नगरपालिकाको सिमाना नजिकसम्म कालोपत्र सडकको पहुँच पुग्नेछ ।

सडक कालोपत्र हुन थालेसँगै बागलुङ नगरपालिका–१३, १४ तथा जैमिनी नगरवासीलाई निकै सहज हुने भएकाले स्वभाविक खुशी र उत्साहित तुल्याएको छ ।

तर त्यही सडकले बागलुङ नगरपालिका–१४ नारायणस्थान अर्माहका हरिप्रसाद लामिछानेलाई सुकुम्बासी बन्ने अवस्था ल्याएको छ । निर्माणाधीन सडक छेउमा टिनको धुरी र खरको पालीले छाएको घर, सडक फराकिलो बनाउँदा घर जोखिममा भएपछि पिँढीमा राखिएको ग्याबिन र घर चर्किएको छ ।

अर्माह पुग्ने जोकोहीलाई लाग्न सक्छ, यो घरमा कोही बस्दैनन् । तर सम्पत्तिको नाममा आधा रोपनी जग्गा सडकले खाइसकेको र घरसमेत जान थालेपछि सुकुम्बासी हुने अवस्थामा पुगेका उनको विकल्प केही नभएपछि जोखिम मोलेरै त्यही घरमा बस्दै आएका छन् ।

दुई वर्षको उमेरदेखि मामाघरमा बस्दै आएका उनकी अपाङ्गता भएकी श्रीमतीसँगै दुई छोरा त्यही चर्केको घरमा बस्दै आएका छन् । “सडक विस्तारका कारण चर्केको घर भत्केर मरिन्छ कि भनेर रातभर सुत्न सक्दिनँ”, उनले भने, “अब त त्यही घर पनि सडकले खाइदिने भयो सडकको बास हुने भयो ।”

सडक विस्तारका क्रममा घर भत्काउनुपर्ने भए पनि आवास व्यवस्थापन गर्न नसक्दा घर वरपर सडक विस्तार गरिएको छैन । उनको अन्य स्थानमा जग्गासमेत नभएको अवस्थामा आयोजना या सरकारले घडेरीको प्रबन्ध गरिदिनुपर्ने छिमेकी कृष्ण सुवेदी बताउँछन्।

सडक निर्माण कम्पनी र बागलुङ नगरपालिकाले घर निर्माण गर्ने भए जग्गाका लागि आफूले पहल गर्ने उनको भनाइ छ । घर जोखिममा परेको र सडकले घर भत्काउन लगाएको जानकारीपश्चात बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले निर्माण कम्पनीका प्रतिनिधिलाई राखेर छलफलसमेत गरेको वडाध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए ।

“लामिछानेलाई सुकुम्वासी हुनुपर्ने अवस्था आउन दिन्नौँ”, वडाध्यक्ष खत्रीले भने, “स्थानीय आफन्तले सानो घडेरी दिने कुरा छ, हामी नयाँ घर बनाइदिन्छौँ, जसमा निर्माण कम्पनी र नगरपालिकाको सहयोग हुनेछ ।” निर्माण कम्पनीले जग्गा व्यवस्थापन भएमा घर बनाइदिन सक्ने र नगरपालिकाले समेत सहयोग गर्ने नगरप्रमुख पौडेलको भनाइ छ ।

४३ वर्षदेखि त्यही घरमा बस्दै आएका लामिछानेलाई घर नजिकै जग्गा व्यवस्थापन गरेर घर निर्माण गरिदिनुपर्ने स्थानीयवासीको समेत माग छ । स्थानीय कृष्ण सुवेदी, केशवप्रसाद सुवेदीलगायतले सडक छेउछाउमै जग्गा व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन् । घर हटाएर सडक विस्तार गर्न पाए आफूले घर निर्माणमा सहयोग गर्ने सडक निर्माणको जिम्मा पाएको सो जेभीका आधिकारिक प्रतिनिधि हेम गुरुङले जानकारी दिए ।

यस क्षेत्रमा गण्डकी प्रदेश सरकारको रु २६ करोडको लागतमा अहिले सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार धमाधम निर्माण भइरहेको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ३ : ०९ बजे

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

विद्युत् प्राधिकरणमा आइपुग्यो ५० हजार नयाँ मिटर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर