प्रदेश-२ मा एकैदिन एक हजार ४२० स्वाब सङ्कलन « Khabarhub

प्रदेश-२ मा एकैदिन एक हजार ४२० स्वाब सङ्कलन


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि प्रदेश नं २ मा स्वाब सङ्कलनलाई तीव्र बनाइएको छ ।

बुधबार एकै दिनमा प्रदेशका छ जिल्लाका एक हजार ४२० को पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले पुष्टि गरेको हो । एकै दिनमा यति धेरै स्वाब सङ्कलन गरिएको अहिलेसम्मकै सर्वाधिक हो ।

प्रदेशका आठ जिल्लामध्ये छ जिल्लामा बुधबार स्वाब सङ्कलन गरिएको छ । जसमध्ये पर्सामा ५६१, महोत्तरीमा ३४३, सर्लाही १८७, रौतहट १५२, बारा ११७ र धनुषाका ६० जनाको स्वाब सङ्कलन गरिएको निर्देशनालयका निमित्त निर्देशकसमेत रहेका वरष्ठि स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । प्रदेशमा अहिले स्वाब सङ्कलनको कूल सङ्ख्या २९ हजार ९५१ पुगेको छ ।

प्रदेश नं २ का आठ जिल्लामा गरी अहिले पीसीआर परीक्षणबाट कोभिड–१९ सङ्क्रमितको सङ्ख्या एक हजार ५७३ पुगेको छ । जसमा सबैभन्दा बढी रौतहट जिल्लामा ४७६ छन् । त्यसैगरि सर्लाहीमा ४१४, महोत्तरी १६७, धनुषा १४४, पर्सा ११९, सप्तरी १११, बारा ७७ र सिरहाका ६२ छन् । स्वाब परीक्षण गरिएकामध्ये बुधबार साँझसम्म १५ हजार ३८९ को नतिजा (परिणाम, रिपोर्ट) आएको छ । जसमा एक हजार ५७३ सङ्क्रमित पाइएका हुन् । अझै १४ हजार ५६२ जनाको परिणाम आउन बाँकी नै रहेको वरिष्ठ स्वास्थ्य प्रशासक झाले बताए ।

प्रदेशका आठै जिल्लामा अहिलेसम्म ४२६ क्वारेन्टिन बनाइएका छन् । अहिले यी केन्द्रमा ३१ हजार ५४८ श्यया छन्, जसमा १९ हजार ७६९ रहेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा घरमै क्वारेन्टिनमा बस्नेको सङ्ख्या सात हजार ८७२ छ । प्रदेशमा आइसोलेसन श्यया बढाएर एक हजार ३६१ पुर्‍याइएको छ । अहिले आइसोलेसनमा ७४९ जना छन् । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कनको सङ्ख्या २९९ पुगेको छ । जसमध्ये ३६ जना हिजो बुधबार निको भएर घर फर्केका हुन् ।

प्रदेशमा हालसम्म १२ हजार ३६७ जनाको आरडीटी गरिएको छ । जसमा ५५३ जनाको नतिजा पोजेटिभ र ११ हजार ८१४ को नतिजा नेगेटिभ आएको छ । यद्यपि पछिल्ला दिनमा क्वारेन्टिनमा रहेकाहरुको पीसीआर जाँचमै जोड बढाइएको निर्देशनालयले जनाएको छ । क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पीसीआर परीक्षण अझै सघन हुनसकेको छैन ।

यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । यद्यपि प्रदेशमा कोभिड–१९ रोकथाम अभियानको समन्वय गर्दै आएको सामाजिक विकास मन्त्रालय र प्रदेश नं २ स्वास्थ्य निर्देशनालयले उपलब्ध सामग्री र दक्ष जनशक्ति स्वाब सङ्कलनमा लगाइँदै आइएको जनाएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ४ : ०२ बजे

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा