बालुवाटार प्रदर्शनमा प्रहरीको हस्तक्षेप, अश्रुग्यास र पानीको फोहोरा प्रहार (फोटो फिचर) « Khabarhub

बालुवाटार प्रदर्शनमा प्रहरीको हस्तक्षेप, अश्रुग्यास र पानीको फोहोरा प्रहार (फोटो फिचर)


२९ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटार परिसरमा सरकारविरुद्ध प्रदर्शन भएको छ ।

प्रदर्शनकारीलाई तितरवितर बनाउन प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले पानीको फोहोरा तथा अश्रुग्याससमेत प्रहार गरेर प्रदर्शनकारीलाई हटाएको छ ।

सरकारले कोरोनाको महामारीको विषम परिस्थितिमा पनि पारदर्शी काम नगरेको, कोरोना नियन्त्रणमा प्रभावकारी काम नगरेको भन्दै सरकारविरुद्ध प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीले कोरोना नियन्त्रण तथा औषधि उपकरण खरिदमा भएको खर्च पारदर्शी हुनुपर्ने, आरडीटी परीक्षण रोक्नुपर्ने, थोपरिएको कर खारेज गर्नुपर्नेलगायतका माग राखेका छन् ।

देश अहिले कोरोना भाइरस स‌ंक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनमा छ । ११ चैतदेखि लकडाउन सुरु भययता यति धेरै संख्यामा प्रदर्शन भएको पहिलो पटक हो ।

उनीहरुले दुई दिन अघि पनि बालुवाटारमा प्रदर्शन गरेका थिए। सो प्रदर्शनमा पनि प्रहरीले बल प्रयोग गरेको थियो । शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि आज झन धेरैको संख्यामा उपस्थित भएर सरकारविरुद्ध नाराबाजी गरिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ४ : ४२ बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई