एसइई परीक्षा नगर्ने निर्णयको स्वागत « Khabarhub

एसइई परीक्षा नगर्ने निर्णयको स्वागत


२९ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शैक्षिक संस्थाहरुको राष्ट्रिय सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सरकारबाट माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा स्वागत गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषद्को बुधबारको बैठकले स्थगित परीक्षा सञ्चालन नगर्ने र आन्तरिक मूल्याङ्कनलाई आधार मानेर राष्ट्रिय परीक्षा बोर्डले लब्धाङ्कपत्र दिने गरी निर्णय गरेको थियो ।

साथै आगामी दिनमा उक्त परीक्षाको प्रबन्धका लागि शिक्षा ऐनमा संशोधन गर्ने सरकारको तयारी छ ।

एनसीई नेपालका अध्यक्ष डिल्लीराम सुवेदीले आज विज्ञप्ति जारी गरी सरकारको उक्त निणर्यले लाखौँ बालबालिकामा परेको मनोवैज्ञानिक असर कम गर्ने जनाउँदै कक्षा १२ लाई मात्रै एसइई परीक्षाको मान्यता दिने गरी स्थगित अन्य परीक्षाका बारेमा चाँडै निर्णय गर्न आग्रह गरेको छ ।

सो अभियानले वैकल्पिक विधिबाट पठनपाठनका लागि विद्यालयका स्रोत साधन उपलब्ध गराउन र विद्यार्थी भर्नाका नाममा निजी विद्यालयमा देखिएको अन्योल चिर्न पनि सुझाव दिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १० : १६ बजे

रोहिणी गाउँपालिकाका १६ विद्यालयलाई खेल सामग्री प्रदान

रूपन्देही– रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका सबै १६ वटा सामुदायिक विद्यालयलाई

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो