कोरोना रोकथाममा सरकार असफल भएको भन्दै वीरगञ्जमा विरोध प्रदर्शन (फोटो फिचर) « Khabarhub

कोरोना रोकथाममा सरकार असफल भएको भन्दै वीरगञ्जमा विरोध प्रदर्शन (फोटो फिचर)


२९ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- वीरगञ्जमा स्थानीय युवाहरुले सरकारको विरोध गर्दै बिहीबार प्रदर्शन गरेका छन् । उनीहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले गरिरहेको आरडीडी परीक्षणको औचित्य नदेखिएको, लकडाउन चलिरहँदा सरकारको गति चित्त नबुझेको भन्दै सरकारलाई सही बाटोमा हिँड्न दवाब दिन वीरगञ्जका युवाहरु सडकमा उत्रेका हुन् ।

वीरगञ्जको घण्टाघर चोकमा विरोध कार्यक्रम आयोजना हुने प्रशासनले खबर पाएपछि बाक्लो मात्रमा प्रहरी परिचालन गरेको थियो ।

युवाहरुलाई घण्टाघर जम्मा हुन नदिएपछि उनीहरु आदर्शनगर चोक पुगेर प्रदर्शनमा उत्रिएका थिए । उनीहरु महाविर चोकमा पुग्दा प्रहरीको अवरोध भएपछि प्रदर्शनकारीहरुले सडकमै बसेर नाराबाजी गरेका थिए ।

उनीहरुले कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको १० अर्बको हिसाब दिनुपर्ने लगायतमा माग राखेका थिए ।

उनीहरुले लकडाउनका कारण मर्कामा परेका उद्योगी व्यवसायीलाई राहत दिनुको सट्टा कर तिर्न उर्दी गरेर आहात बनाएको बताएका छन् ।

वीरगञ्जका स्वतन्त्र युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा एक सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो ।

 

 

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  ८ : १२ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल