बैतडीमा पाँच हजार व्यक्ति क्वारेन्टिन बसाइपछि घर फर्के « Khabarhub

बैतडीमा पाँच हजार व्यक्ति क्वारेन्टिन बसाइपछि घर फर्के


२९ जेष्ठ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- जिल्ला प्रशासन कार्यालयका बैतडीले हालसम्म पाँच हजार व्यक्ति क्वारेन्टिन बसाइपछि घर फर्केको जानकारी दिएको छ ।

भारत तथा तेस्रो मुलुकबाट फर्केर बैतडीका विभिन्न क्वारेन्टाइनमा बसेकामध्ये हालसम्म पाँच हजार ३७१ जना घर फर्किसकेका छन् । त्यस्तै चार हजार १५० जना अझै क्वारेन्टिनमै रहेका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए ।

हाल क्वारेन्टिनमा बस्नेमा भारतबाट फर्केर १४ दिन अवधि नकटेका रहेका उनले बताए । उनीहरुको कोरोना परीक्षण भइरहेको र परीक्षणपश्चात घर पठाइने जनाइएको छ । क्वारेन्टिनको १४ दिन बसाइ पछि भने पाँच हजार ३७१ जना घर फर्किसकेका छन् ।

यसैबीच जिल्लामा हालसम्म छ हजार ९७७ जनाको कोरोना परीक्षण गरिएको छ । उनीहरुमध्ये ६ हजार ३८४ जनाको आरडीटी विधिबाट गरिएको हो भने ५९३ जनाको पीसीआर विधिबाट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जसमा आरडीटी गरिएका मध्ये पाँच हजार ८५५ जनाको नेगेटिभ र ५२९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडीटी पोजेटिभ देखिएकाको रिपोर्ट आउन बाँकी रहेको छ ।

यस्तै पीसीआर विधिबाट गरिएको परीक्षणमा दुई जनाको पोजेटिभ आएको छ । जिल्लाका सबै स्थानीय तहमा गरेर १९६ स्थानमा छ हजार २३९ बेडको क्वारेन्टाइन स्थापना गरिएका छन् । बैतडीमा गत चैत ११ गतेदेखि क्वारेन्टिनमा राख्न शुरु गरिएको थियो ।

भारतबाट फर्किनेको क्रम नरोकिँदा तथा समयमै पीसीआर परीक्षणको रिपोर्ट नआउँदा क्वारेन्टिन व्यवस्थापनमा चुनौती देखिएको छ । १४ दिनको क्वारेन्टिन बसाइपछि आरडीटी परीक्षण गरिने र नेगेटिभ आए घर पठाउने गरिएको छ ।

पोजेटिभ आए पीसीआर परीक्षण गर्ने गरिएको छ तर सुदूरपश्चिम प्रदेशमा एकमात्र धनगढी प्रयोगशाला पीसीआर परीक्षण गरिने भएकाले समयमै रिपोर्ट नआउँदा क्वारेन्टाइन बसाइ लम्बिने गरेको छ ।

नमूना पठाएको एक हप्तापछि मात्रै रिपोर्ट आउने गरेको जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०७७, बिहिबार  १० : ५६ बजे

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको