विश्वभर ७३ लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको « Khabarhub

विश्वभर ७३ लाखभन्दा बढी कोरोना संक्रमित उपचारपछि निको


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर एकै दिन १ लाख ३४ भन्दा बढी कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

शनिबार बिहान यो समाचार तयार पार्दासम्म निको भएका ७३ लाख २० हजार २२० संक्रमितमध्ये १ लाख ३४ हजार ६१८ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका छन् ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३६४ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ५ लाख ६१ हजार ९८७ पुगेको छ ।

यस्तै १ करोड २६ लाख १४ हजार ३२४ जना संक्रमित भएका छन् । त्यसमध्ये २ लाख ३४ हजार ६६३ जना पछिल्लो २४ घण्टामा थपिएका संक्रमित हुन् ।

संक्रमित निको भएर गएपछिको चीनको एक कोभिड -१९ अस्पताल, तस्वीर : सिन्ह्वा

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९५ हजार ८७६ जनाको मृत्यु भएको छ ।

२५ लाख ४६ हजार ८९९ जना संक्रमित भएकोमा १४ लाख ९१ हजार ९९५ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ८३ हजार १७१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३८ लाख ४९ हजार २१५ पुगेको छ । त्यसमध्ये १७ लाख ६२ हजार १२३ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ६७ हजार ७२७ जनाको मृत्यु भएको छ । २८ लाख ४८ हजार ६० जना संक्रमित भएकोमा १९ लाख ५८ हजार ६५० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २ हजार २२७ जनाको मृत्यु भएको छ । २७ लाख ९६ हजार ५१ जना संक्रमित भएकोमा १८ लाख २३ हजार १०१ जना संक्रमणमुक्त भएका छन् ।

तस्वीर : सिन्ह्वा

अफ्रिकी मुलुकहरूमा १२ हजार ८०३ जनाको ज्यान गएको छ भने ५ लाख ६२ हजार ३५७ संक्रमित छन् । संक्रमितमध्ये २ लाख ७४ हजार १८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२८ जनाको मृत्यु भएको छ । ११ हजार २१ जना संक्रमित भएकोमा ९ हजार १८० जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ७ : ०६ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द