बालुवाटारमा विपद् व्यवस्थापन समितिको बैठक : उद्धार, राहत र व्यवस्थापनाबारे छलफल हुँदै « Khabarhub

बालुवाटारमा विपद् व्यवस्थापन समितिको बैठक : उद्धार, राहत र व्यवस्थापनाबारे छलफल हुँदै


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटरमा अहिले विपद् व्यवस्थापन समितिको बैठक जारी छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेता सहभागी छन् ।

मनसुन सुरु भएसँगै देशभर बाढी पहिरोले पुर्‍याएको क्षति र जोखिम न्यूनीकरण गर्न चाल्नुपर्ने कदमका विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठकमा सहभागीहरुले विपदमा परेकाहरुलाई तत्काल उद्धार, राहत र व्यवस्थापनको काम चुस्त बनाउन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

परिषदको बैठकपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदका सदस्यहरुलाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

पछिल्लो एक हप्तादेखि देशभर अविरल रुपमा परेको बर्षासँगै आएको पहिरोले ठूलो जनधनको क्षति भएको छ। शुक्रबारमात्रै देशभरमा २६ जनाको मृत्यु हुनुका साथै ४१ जना बेपत्ता रहेका छन्।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  १२ : २५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको