१९ कम्पनीको झण्डै ६ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै « Khabarhub

१९ कम्पनीको झण्डै ६ अर्ब बराबरको साधारण शेयर बिक्री हुँदै


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाका कारण मुलुकको समग्र आर्थिक क्षेत्र नै प्रभावित भइरहेका बेला प्राथमिक शेयर निष्कासन गरेका दुई कम्पनीका शेयरमा लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएपछि थप १९ कम्पनीले साधारण शेयर बिक्री गर्ने भएका छन् ।

नेपाल धितोपत्र बोर्डका अनुसार कूल पाँच अर्ब ८४ करोड ९१ लाख ४१ हजार २२० बराबरको साधारण शेयर बिक्री गर्ने तयारी गरिएको छ । सोअनुसार पाँच करोड ८४ लाख नौ हजार ८७१ कित्ता शेयर बिक्री गर्न लागिएको हो । त्यसमा १० जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीका लागि बोर्डसमक्ष अनुमति मागेका छन् । यस्तै चार बीमा कम्पनी, अन्य समूहका तीन कम्पनी, मर्चेन्ट बैंक र लघुवित्तका एक/एक कम्पनी छन् ।

बोर्डका अनुसार जनरल इन्सयोरेन्स कम्पनी नेपालले ३० करोड बराबरको तीस लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार ५ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

सानिमा जनरल इन्स्योरेन्सले पनि ३० करोड बराबरको तीस लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै यही असार १४ गते आवेदन दिएको छ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ । त्यस्तै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड बराबरको ६० लाख कित्ता शेयर बिक्रीको माग गर्दै यही असार २२ गते बोर्डमा आवेदन दिएको छ । सो कम्पनीको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यस्तै रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड बराबरको ६३ लाख कित्ता साधारण शेयर बिक्रीको माग गर्दै बोर्डमा आवेदन दिएका छ । सो कम्पनीको शेयर सानिमा क्यापिटलले बिक्री गर्नेछ ।

बोर्डका अनुसार हिमालयन हाइड्रोपावर लिमिटेडले २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता र विन्दाबासिनी हाइड्रोपावर कम्पनीले पनि २५ करोड बराबरको २५ लाख कित्ता शेयर बिक्रीका लागि आवेदन दिएका छन् । त्यस्तै रुरु जलविद्युत् परियोजनाले आठ करोड ९६ लाख ९५ हजार २२० बराबरको आठ लाख १५ हजार ४११ कित्ता साधारण शेयर बिक्रीका लागि आवेदन माग गरेको छ ।

शुभम् पावर लिमिटेडले पाँच करोड ८० लाख ५८ हजार बराबरको पाँच लाख ८० हजार ५८० साधारण शेयर बिक्रीको अनुमति मागेको छ । सिइडिबी हाइड्रोपावर कम्पनीले रु २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता, तेह्रथुम पावर कम्पनीले रु १२ करोड बराबरको १२ लाख कित्ता, मध्यभोटेकोशी जलविद्युत् कम्पनीले एक खर्ब ५० करोड बराबरको एक करोड ५० लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति माग्दै बोर्ड पुगेको छ ।

त्यसैगरी मैलुङ खोला जलविद्युत् कम्पनीले सात करोड ३६ लाख २८ हजार ६०० बराबरको सात लाख ३६ हजार २८३ कित्ता, माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख पाँच हजार ४०० बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता, ग्रिनलाइफ हाइड्रोपावर लिमिटेडले ३४ करोड ९६ लाख ४० हजार बराबरको ३४ लाख ९६ हजार ४०० कित्ता र सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले ४३ करोड ५० लाख बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ ।

यस्तै सिबिआइएल क्यापिटल लिमिटेडले तीन करोड बराबरको तीन लाख कित्ता र समाज लघुवित्त वित्तीय संस्थाले ८६ लाख बराबरको ८६ हजार कित्ता साधारण शेयर बिक्रीको तयारी गर्दै बोर्डबाट अनुमति मागेको छ । अन्यतर्फका दुई कम्पनीमा चन्द्रागिरि हिल्स लिमिटेड र इमर्जिङ नेपाल लिमिटेड छन् ।

चन्द्रागिरि हिल्सले १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९१० कित्ता र इमर्जिङ नेपालले पाँच करोड बराबरको पाँच लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति मागेको छ ।

बोर्डले चालू आवमा कुल नौ कम्पनीका तीन अर्ब ९९ करोड ४८ लाख चार हजार बराबरको तीन करोड ९९ लाख ४८ हजार ४० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको थियो । त्यसमा शिवश्री हाइड्रोपावर लिमिटेड, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलेपमेन्ट लिमिटेड, नेपाल पुनर्बीमा कम्पनी, लिवर्टी इनर्जी, युनाइटेड इदिमर्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेड रहेका छन् । यस्तै केही दिनअघि मात्रै एनआइसी एशिया लुघवित्त वित्तीय संस्थाले साधारण शेयर बिक्री गरी नेपाल स्टक एक्सचेन्जमा समेत सूचीकृत भई कारोबार शुरु गरेको छ ।

सो कम्पनीले ४७ करोड ५५ लाख बराबरको ४७ लाख ५५ हजार कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड गरेको थियो । यस्तै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले रु सात करोड सात लाख ८० हजार बराबरको सात लाख सात हजार ८०० कित्ता साधारण शेयर बिक्री गरेको छ । सो कम्पनीको साधारण शेयर बाँडफाँड हुन बाँकी छ ।

यस्तै अजोड इन्स्योरेन्स लिमिटेडको साधारण शेयर हाल बिक्री भइरहेको छ । सो कम्पनीको ३० करोड बराबरको ३० लाख कित्ता शेयर बिक्री भइरहेको छ । उक्त कम्पनीको शेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । बोर्डले माउन्टेन इनर्जी नेपाललाई आयोजना प्रभावित र सर्वसाधारणलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले आयोजना प्रभावित र सर्वसाधारणका लागि समान १९ लाख ६८ हजार २७ कित्ता शेयर बिक्रीको अनुमति दिएको छ ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : ०० बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहामा सर्‍यो, ठाउँ ठाउँमा प्रदर्शन

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप