यी हुन् ५०० भन्दा बढी संक्रमित रहेका नेपालका ६ जिल्ला « Khabarhub

यी हुन् ५०० भन्दा बढी संक्रमित रहेका नेपालका ६ जिल्ला


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका विभिन्न ६ जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा गरी ६ जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

अहिलेसम्म काेराेनामुक्त हुनेकाे सङ्ख्या कुल सङ्क्रमण पुष्टि भएकाेमध्ये आधाभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४३१ जना काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा काेराेना सङ्क्रमणलाई जितेर घर फर्किनेकाे सङ्ख्या आठ हजार चार सय ४२ पुगेकाे छ ।

त्यसैगरी नेपालका ६ वटा जिल्लामा कोरोना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भोजपुर, सोलुखुम्बु, धनकुटा, मुस्ताङ, हुम्ला र मनाङमा एक जना पनि सक्रिय सङ्क्रमित छैनन् ।

यी जिल्लामा यसअघि सङ्क्रमित भेटिए पनि सङ्क्रमण पुष्टि भएका सबै निको भएर डिस्चार्ज भएकाे मन्त्रालयले जनाएको छ ।

६ जिल्ला काेराेनामुक्त भएसँगै ७१ जिल्लामा काेराेना सङ्क्रमण सक्रिय रहेकाे मन्त्रालयले जनाएकाे छ ।

यसैबीच सरकारले काेराेना भाइरसकाे पीसीआर परीक्षण भने घटाउँदै लगेको छ । हरेक दिन साढे चार हजारको औसतमा परीक्षण गरिरहेको सरकारले शनिबार तीन हजार ६ सय ४८ जनाको मात्रै पीसीआर विधिबाट कोरोना परीक्षण गरेको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर गाैतमका अनुसार अहिलेसम्म पीसीआर विधिबाट दुई लाख ७९ हजार पाँच सय ९९ जनाको पीसीआर परीक्षण भएको छ । अहिले देशभरिका क्वरेण्टीनमा २४ हजार ९७ जना रहेका छन् ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ७ : ५८ बजे

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६