कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयका १५ सिफारिस « Khabarhub

कोरोना संक्रमणबाट बच्न स्वास्थ्य मन्त्रालयका १५ सिफारिस


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा कोरोना भाइरसका नयाँ संक्रमितहरु भेटिने क्रम रोकिएको छैन । शनिबार मात्र ३ हजार ६४८ जनाको कोरोना परीक्षण गरिएकोमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा हालसम्म १६ हजार ७१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार ४४२ जना डिस्चार्ज भएका छन् ।

नेपालमा हाल संक्रिय कोरोना संक्रमितहरु ८ हजार २३९ जना रहेको डा गौतमले बताए । यस्तै देशभर २४ हजा ९७ जना क्वारेन्टाइनमा रहेका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्या र मृत्युदर पनि बढ्दै गएको छ । हालसम्म कोरोना भाइरस विरुद्धको न खोप निर्माण भएको छ न त यो रोगको औषधि नै बनेको छ । त्यसैले कोरोना संक्रमण लाग्नै नदिनु नै सबैभन्दा उत्तम उपाय हो । जसका लागि सचेतना जरुरी छ ।

नेपालमा कोरोना संक्रमितको संख्या थपिदै गएपनि लकडाउन भने खुकुलो भएको छ । जसका कारण बजार, व्यवसाय तथा कार्यालयहरु खुलेका छन् । यस्तो अवस्थामा बजार र कार्यलयहरु र सार्वजनिक स्थलहरुमा भिडभाड बढ्न सक्छ ।

धेरै भिडभाड हुनु भनेको कोरोना संक्रमणको जोखिम निम्त्याउनु हो । त्यसैले कोरोना संक्रमणबाट बच्न घर, कार्यालय, तथा सार्वजनिक स्थलहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कार्यालय तथा सार्वजनिक स्थालहरुमा कोरोनाबाट बच्ने उपायहरु अपनाउन आग्रह गरेका छन् ।

डा गौतमका अनुसार कोरोनाबाट बच्न यस्तो गर्नुस्

– सबै सार्वजनिक स्थल तथा कार्यालयहरुमा तथा सबै किसिमका जमघट र भेलाहरुमा कम्तिमा २ मिटरको दूरी अनिवार्य कायम राख्ने,

–घर बाहिर निस्किँदा सर्जिकल वा तीन तहले बनेको कपडाको मास्क प्रयोग गर्ने,

–सबै सार्वजनिक स्थल तथा कार्यलयहरुले आफ्नो परिसरमा हात धुने साबुन पानी वा स्यानिटाइजरको अनिवार्य व्यवस्थापन गर्ने,

–कार्यालय प्रवेश गर्दा अनिवार्यरुपमा साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गरेको सुनिश्चित गर्ने,

–प्रत्येक दिन कार्य प्रारम्भ गर्नुअघि अनिवार्य रुपमा थर्मोमिटरबाट ज्वरो परीक्षण गर्ने,

–१००.४ डिग्री भन्दा बढी ज्वरो भएमा काममा नलगाउने,

– दैनिक हाजिरी लगाउने कार्यालयहरुले फेस रिडिङबाट हाजिरी गर्ने व्यवस्था मिलाउने वा सुपरिवेक्षकले अभिलेख राख्ने,

–खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरुलाई काममा नलगाउने,

–आवश्यक निदान, उपचारको व्यवस्था मिलाउने,

– खानपानको व्यवस्थापन राम्रोसँग मिलाउने,

–प्रयोग गरिएका सामाग्री तथा भाडाहरु राम्रोसँग सफा गरेर सुकेपछि मात्र प्रयोग गर्ने,

– स्नानघर तथा शौचालयहरुलाई दैनिक २ पटक नियमित रुपमा सफा गर्ने,

–हात धुने बेसिनहरुबाट संक्रमण सर्ने जोखिम हुनेहुँदा दात माझ्ने ब्रस लगायतका सामानहरु बेसिनमा नराख्ने,

– धेरै प्रयोग हुने ढोका, टेवल तथा अन्य सामाग्रीहरु दैनिक डिसइन्फेक्टेड गर्ने,

– कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सकको परामर्शमा उपचार गराउने ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ६ : ४९ बजे

इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का लागि हुनुपर्छ : नेतन्याहु

जेरूसेलम – इरानसँगको सम्झौता ‘परमाणु खतरा पूर्ण रूपमा अन्त्य’ का

फेवातालमा राष्ट्रिय महिला तथा पुरुष डुङ्गा दौड हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखराको प्रमुख पर्यटकीय आकर्षण फेवातालमा

तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा रुख ढल्दा ट्रिपिङको समस्या, समाधानको प्रयासमा प्राधिकरण

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले तीव्र हावाहुरीका कारण प्रसारण लाइनमा

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक