मन्दिर निर्माणमा पाकिस्तानी हस्तक्षेपको हिन्दू महासंघद्वारा भर्त्सना « Khabarhub

मन्दिर निर्माणमा पाकिस्तानी हस्तक्षेपको हिन्दू महासंघद्वारा भर्त्सना


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानकाे इस्लामाबादमा निर्माणाधीन श्रीकृष्ण भगवानको मन्दिर निर्माणमा राेक लगाइएकोप्रति नेपाल विश्व हिन्दू महासंघले विरोध जनाएको छ ।

मन्दिर निर्माणमा रोक लगाइएको विषयलाई लिएर महासंघले शनिबार वीरगञ्जमा विरोध प्रदर्शन गरेको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा गरिएकाे हस्तक्षेपकाे महासंघले भत्सर्ना गरेकाे छ। महासंघले विरोध प्रदर्शन गर्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानकाे पुत्ला दहन गरेकाे छ।

इस्लामावादमा हिन्दु मन्दिर बनाउन दिनु हुँदैन भनेर दर्ता गरिएको रिट निवेदन पाकिस्तानको अदालतले खारेज गरेपछि महासंघले आपत्ति जनाएको हो ।

महासंघका उपाध्यक्ष विजय प्रकाश निषादकाे नेतृत्वकाे निकाएकाे विराेध र्‍यालीमा युवाहरुको उल्लेख्य सहभागिता रहेकाे थियाे।

उपाध्यक्ष निषादले भने,’ पाकिस्तानमा अल्पसंख्यक हिन्दू समुदायमाथि अहिले पनि त्यहाँकाे सरकारले दमन गरिरहेकाे छ।, हिन्दू मन्दिर बनाउन नदिनु अर्काे ठूलाे अपराध त्यहाँकाे सरकारले गरिरहेकाे छ।’

पाकिस्तान सरकारले यसअघि राजधानी इस्लामावादमा हिन्दू मन्दिर बनाउन १० करोड रकम विनियोजन गरेको थियो ।

तर, पाकिस्तानी मुस्लिम लिग (पीएमएल-क्यू) ले राजधानी इस्लामावादमा हिन्दू मन्दिर बनाउने विषयमा विरोध गर्दै रोक लगाएको थियो ।

इस्लामावादमा हिन्दू मन्दिर बनाउनु इस्लामको आत्मसम्मानमा चोट लाग्‍ने र रियासत-आई-मदिनाको अपमान भएको जनाएको थियो । यस विषयलाई लिएर काउन्सिल अफ इस्लामिक आइडियोलोजीले उच्च अदालतमा मुद्दा दायर गरेको थियो ।

इस्लामावाद उच्च अदालतले मंगलबार उक्त मुद्दा खारेज गरेको हो । इस्लामावादमा ०.२ हेक्टरको जमिनमा हिन्दू मन्दिर बनाउने र दाहसंस्कारका लागि घाट बनाउने योजना बनाइएको थियो।

उच्च अदालतले मुद्दा खारेज गरे पनि सरकारी अधिकारीहरुले भने मन्दिरको निर्माण कार्य अघि बढाउने विषय निश्‍चित भइ नसकेको बताएका छन् । यसका लागि काउन्सिल अफ इस्लामिक आइडिओलोजी, सरकारको प्रतिनिधि र धार्मिक नेतासँग बसेर थप छलफल गरिने जनाइएको छ । सरकारले सबैसँग छलफल गरिसकेपछि निर्णय गर्ने बताइएको छ ।

पीएमएल-क्यूले अल्संख्यकको अधिकारको सम्मान गर्नेसमेत जनाएको छ । इस्लामावादमा करिब तीन हजार हिन्दू समुदाय रहेको छ । उक्त मन्दिर इस्लामावादको हिन्दू पञ्‍चायतले बनाउने र उक्त मन्दिर श्रीकृष्णको हुने जनाइएको थियो ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ४ : ०५ बजे

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कर्णाली

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण