शिवसेना नेपालद्वारा कपिलवस्तुमा राँके जुलुस प्रदर्शन | Khabarhub Khabarhub

शिवसेना नेपालद्वारा कपिलवस्तुमा राँके जुलुस प्रदर्शन


२७ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु- सीमा सुरक्षा तथा राजसंस्था पुनःस्थापनाको माग राख्दै शिवसेना नेपालले शनिबार साँझ कपिलवस्तुमा राँके जुलुस प्रदर्शन गरेको छ ।

शिवसेना नेपालका केन्द्रीय सदस्य अनिल जसवाल, कपिलवस्तु जिल्ला अध्यक्ष भिस्म ढुंगाना र नगर अध्यक्ष सन्तोष गुप्ताको नेतृत्वमा युवाहरुले राँके जुलुस प्रदर्शन गरेका हुन् ।

उनीहरुले गणतन्त्र विरोधी नारा लगाउँदै राजसंस्था पुनःस्थापनाको माग गरेका थिए । नेपालको अतिक्रमित भूमि एक इन्च पनि नछोड्ने नारा लगाउँदै शिव सेना नेपालका कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका थिए ।

राँके जुलुस प्रदर्शनमा बुद्धिजीवी, उद्योगी-व्यवसायी लगायत स्थानीय युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०७७, शनिबार  ९ : ०६ बजे

घरेलु तथा साना उद्योगलाई सरकारले प्राथमिकता दिनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको अर्थतन्त्रको जग लघु, घरेलु तथा

दोलखामा एक वर्षभित्र सवारी दुर्घटनामा परी ११ जनाको मृत्यु 

दोलखा– जिल्लामा चालु वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर ११ जनाको

एक सातादेखि बेपत्ता चितवनकी स्नेहा पशुपति परिसरमा भेटिइन्

काठमाडौं- कलंकीबाट एक सातादेखि हराइरहेकी चितवनकी २० वर्षीया स्नेहा लामिछाने

युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– युके पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा

चल सम्पत्ति धितो राखेर पनि ऋण पाइने  

काठमाडौं– सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रियसभाको विधायन