लेबननका प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको सामुहिक राजीनामा | Khabarhub Khabarhub

लेबननका प्रधानमन्त्रीसहित सबै मन्त्रीहरूको सामुहिक राजीनामा


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – लेबननका प्रधानमन्त्री हसन डिएबसहितका सबै मन्त्रीहरूले राजीनामा दिएका छन् ।

राजधानी बेइरुतमा शक्तिशाली बिस्फोट भएको एक सातापछि प्रधानमन्त्री डिएबसहित सबै मन्त्रीहरूले सामुहिक राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री हसन डिएबले सोमबार बेलुका टेलिभिजनमार्फत सम्बोधन गर्दै सामुहिक राजीनामा दिएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको तथा सोही कारण बिस्फोट भएको आरोप लगाउँदै जनस्तरमा आक्रोश चुलिएपछि लेबनन संकटमा फस्दै गएको छ ।

कम्तीमा २२० जनाको ज्यान जाने गरी गत मंगलबार बेइरूतमा भएको बिस्फोटमा ६ हजारभन्दा बढी मानिस घाइते भएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ६ : ५६ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा