पर्सामा ९ प्रहरीसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

पर्सामा ९ प्रहरीसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्सामा थप ९ प्रहरीसहित ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको स्वाब परीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

संक्रमण देखिएकामा १७ जना महिला छन् भने ३८ जना पुरूष छन् । त्यसमध्ये वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक गरी ९ जना प्रहरी पनि संक्रमित भएका छन् ।

यस्तै नारायणी अस्पतालका थप ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित ५५ जनामध्ये ३ जना बारा स्थायी घर भएका छन् भने ५२ जना पर्साका हुन् । १० जना वीरगन्ज महानगरपालिका–४ विर्ताका, ५ जना वीरगञ्ज –१ छपकैयाका तथा ३ जना माइस्थानका रहेको अस्पतालले जनाएको छ ।

यस्तै वीरगञ्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्ली र एक जना संक्रमित पर्साको धोबनी गाउँपालिकाको रहेको खुलेको छ । संक्रमित ५५ जनामध्ये २७ जनालाई कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमण पुष्टि भएको बताइएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ८ : ०४ बजे

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु