पर्सामा ९ प्रहरीसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

पर्सामा ९ प्रहरीसहित थप ५५ जनामा कोरोना संक्रमण पुष्टि


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्सामा थप ९ प्रहरीसहित ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको स्वाब परीक्षणमा ९ प्रहरीसहित ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।

संक्रमण देखिएकामा १७ जना महिला छन् भने ३८ जना पुरूष छन् । त्यसमध्ये वडा प्रहरी कार्यालय विर्ताका ८ र जिल्ला प्रहरी कार्यालय पर्साका एक गरी ९ जना प्रहरी पनि संक्रमित भएका छन् ।

यस्तै नारायणी अस्पतालका थप ५ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित ५५ जनामध्ये ३ जना बारा स्थायी घर भएका छन् भने ५२ जना पर्साका हुन् । १० जना वीरगन्ज महानगरपालिका–४ विर्ताका, ५ जना वीरगञ्ज –१ छपकैयाका तथा ३ जना माइस्थानका रहेको अस्पतालले जनाएको छ ।

यस्तै वीरगञ्जको रामटोल, आदर्शनगर, रेशमकोठी, भिस्वा, लिंकरोड, मुर्ली र एक जना संक्रमित पर्साको धोबनी गाउँपालिकाको रहेको खुलेको छ । संक्रमित ५५ जनामध्ये २७ जनालाई कन्ट्याक्ट ट्रेसिङ गर्दा संक्रमण पुष्टि भएको बताइएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  ८ : ०४ बजे

मलेसियाले नेपाललाई दियो ९१ रनको चुनौती, अभयले लिए चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

लोकल काँक्रोको मूल्य प्रतिकेजी ७० रुपैयाँ, काउलीको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने

हेटौँडा– बागमती प्रदेशसभाको बैठक आज (बिहीबार) बिहान ११ बजे बस्दैछ

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा