आफ्ना नाममा खोलिएका खाताले ‘किनबेच’ गर्न थालेपछि सबिनलाई चिन्ता « Khabarhub

आफ्ना नाममा खोलिएका खाताले ‘किनबेच’ गर्न थालेपछि सबिनलाई चिन्ता


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पप गायक सबिन राई सामाजिक सञ्जालमा त्यति सक्रिय हुँदैनन् । हजारौं युवाको ढुकढुकी बनेका राई व्यापार, कन्सर्ट र गायनकै क्षेत्रमा व्यस्त रहन्छन् ।

सबिनको भेरिफाइड खातामा २८ हजारभन्दा बढी फलोअर्स छन् । उनको ब्याण्डको आधिकारिक फेसबूक पेज पनि छ । संगीत तथा अन्य जानकारी उनले सोही पेजमार्फत दिन्छन् ।

तर, सबिनको नाममा खोलिएका फेक खाता भने उनलाई टाउको दुखाइ बनेको छ । राईले सोमवार आफ्नो आधिकारिक फेसबूक खातामार्फत आफ्नो नाममा बनाइएको फेसबूक खाताबारे आफू जानकार नभएको बताएका छन् ।

आफ्नो नाममा खोलिएको फेसबूक पेजले किनबेचका विज्ञापन हाल्न थालेपछि सबिनको चिन्ता बढेको हो ।

‘४४ हजार बढी प्रशंसक, मेरो नामको परिचय बोकेको फेसबूक पोस्टमा किनबेचको कुरा देख्दा मलाई यो मान्छेको पोस्टदेखि चिन्ता लाग्न थाल्यो,’ सबिनले केही तस्वीर समेत शेयर गर्दै भनेका छन्, ‘यहाँ भएका कुनै पनि विज्ञापनको मलाई कुनै जानकारी छैन ।’

उनको नाममा खोलिएको फर्जी खातामा विभिन्न ब्राण्डका सामान किनबेचको विज्ञापन राखिएको छ । आफ्ना फ्यानहरू नझुक्किऊन् भनेर सबिनले आफ्नो आधिकारिक खाताबाट फ्यानलाई सचेत बनाएका हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  १२ : १५ बजे

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट नौ