नेपाली फुटबलरको कोरोना परीक्षण सम्पन्न | Khabarhub Khabarhub

नेपाली फुटबलरको कोरोना परीक्षण सम्पन्न


२७ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३४ जना खेलाडीसहित ५४ जनाको कोरोना परीक्षण गराएको छ । मंगलबार एन्फाले पाटन अस्पतालमा २३ जना खेलाडीसहित २९ जनाको कोरोना परीक्षण गराएको हो ।

सोमबार ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण गरिएको थियो । अब बाँकी १६ जनाको कोरोना जाँच केही दिनमा हुने टिम व्यवस्थापक मधुसुधन उपाध्यायले बताए ।

फिफा विश्वकप छनोट २०२२ तथा एएफसी एसियन कप २०२३ अन्तरगत संयुक्त छनोटको बाँकी खेलका लागि एन्फाले अभ्यास सुरु गर्नु पहिले एन्फाले कोरोना जाँच गराएको हो ।

एन्फाले फागुनमा विश्वकप छनोटको अभ्यास सुरु गरेको थियो । तर, कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारले खेल गतिविधि बन्द गर्न भनेपछि स्थगित भएको थियो । तर, अहिले एन्फाले भदौ १ गतेदेखि अभ्यास सुरु गर्ने तयारी गरिरहेको छ । तर, १ गते नै अभ्यास सुरु हुनेमा भने आशंका छ ।


आज कोरोना जाँच गराएका खेलाडी

तेज तामाङ, विकेश कुथु, आशिस लामा, अजित भण्डारी, एरिक विष्ट, सेसेहाङ आङ्दम्बे, विक्रम लामा, अमत तामाङ, सुमन अर्याल, भरत खवास, सरोज दाहाल, अभिषेक रिजाल, सुवास गुरुङ, अनन्त तामाङ, सुनिल बल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, विशाल श्रेष्ठ, रोहित चन्द, किरण चेम्जोङ, विकास खवास, जर्ज प्रिन्स कार्की, सुजल श्रेष्ठ ।

अफिसियल
मधुसुदन उपाध्याय टिम म्यानेजर
कृष्णभक्त मानन्धर
विकास मल्ल गोलकिपिङ कोच
विवेक सुवेदी मिडिया
युजल श्रेष्ठ मिडिया
राजु डंगोल ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलबार  २ : २३ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी