चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण « Khabarhub

चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन – चितवनमा थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा  चितवनको भरतपुरका ३१ सहित ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार राति ११ बजे आएको रिपोर्ट अनुसार भरतपुरका विभिन्न ५ वडाका एक बालकसहित २६ पुरूष र ५ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै नवलपुर गैँडाकोटका एक महिला र एक पुरूष तथा पर्साको ठोरीका एक महिलामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

फेरि परीक्षणका क्रममा अरू एक जनाको पनि संक्रमण पुष्टि भएको छ । तर, संक्रमित ती व्यक्तिको ठेगाना खुलाइएको छैन ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : ५० बजे

केन्द्रीय कारागारबाट फरार एकजना सिरहाबाट पक्राउ

सिरहा– गत भदौको ‘जेन–जी’ आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक जनालाई

‘पर्याप्त जनचेतना नहुँदा नेपालमा क्षयरोगीको संख्या घट्न सकेन’

काठमाडौं– क्षयरोग नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित