शरीरलाई स्वस्थ राख्न औषतभन्दा २० मिनेट बढी सुत्नुस् « Khabarhub

शरीरलाई स्वस्थ राख्न औषतभन्दा २० मिनेट बढी सुत्नुस्


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- मानव स्वास्थ्यलाई स्वस्थ राख्न दैनिक ८ घण्टा सुत्नुपर्छ । मानिसहरु व्यस्त जीवनशैलीका कारण राम्ररी निद्रा पुर्‍याउन पनि पाउँदैनन् ।

केही मानिस त साना झप्कीमै निद्रा पूरा गर्छन् । केही अन्य चाहिँ हप्तामा एक दिन छुट्टी हुँदा दिनभरि सुत्छन् ।

त्यो सत प्रत्येक व्यक्तिका लागि आठ घन्टाको निद्रा आवश्यक हुन्छ । निद्रा पूरा गर्न नपाउँदा डिप्रेसन, टाइप २ डायबिटिज, अनिद्रा र एंग्जाइटी जस्ता रोग लाग्छन् । अनुसन्धानकर्ताहरूका अनुसार, दिनदिनै आठ घन्टाबाहेक २० मिनेट मात्र थप सुत्दा पनि ताजा अनुभव गर्न सकिन्छ ।

सुतेर २० मिनेट ढिलो उठ्दा तपाईंले ताजा अनुभव त गर्नुहुनेछ नै, स्वास्थ्यमा पनि अनेकौं फाइदा पाउनुहुन्छ ।

अनि बिहानपख दुई घन्टा बढी सुत्दा दिमाग दुईगुणा बढी चल्छ । अनुसन्धानकर्ताहरूका अनुसार, २० मिनेट बढी सुत्ने मानिस पातला हुन्छन् । बढी सुत्दा शरीरको क्यालोरी डढ्छ अनि तौल बढ्न पाउँदैन ।

अलि बढी सुत्दा शरीरमा कार्बोहाइड्रेट्सको मात्रा घट्छ जसले गर्दा शरीरका कोशिकाहरूले झन् बढी काम गर्छन् । धेरै सुत्दा तपाईंले दिनमा कम्तीमा ३८५ क्यालोरीयुक्त भोजन गर्न सक्नुहुन्छ । अनि यसले गर्दा शरीरलाई मह, चिनी, सिरप र फल जस्ता कुरा पचाउन सहायता पुग्छ ।

नियमित समयभन्दा २० मिनेट बढी सुत्दा ठूलालाई मात्र नभई बच्चाहरूलाई पनि फाइदा हुन्छ । तपाईं पनि शरीरलाई स्वस्थ राख्न २० मिनेट बढी सुत्नुस् ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : १८ बजे

स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण

लुम्बिनीले टस जित्यो, काठमाडौंलाई पहिला ब्याटिङको निम्तो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा

५ अंकले बढ्यो नेप्से, १२५ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ