अण्डाको बोक्राले चम्किनेछ तपाईंको अनुहार, कसरी प्रयोग गर्ने ? « Khabarhub

अण्डाको बोक्राले चम्किनेछ तपाईंको अनुहार, कसरी प्रयोग गर्ने ?


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामान्यतया अण्डाको बोक्रा प्रयोगमा ल्याइँदैन । मानिसहरु यसलाई फ्याक्ने भएपनि यसको फाइदाबारे जानकार हुँदैनन् ।

छालालाई राम्रो, मुलायम र अनुहारलाई चम्किलो बनाउन अण्डाको बोक्रा प्रयोग गर्न सकिने एक अध्ययनले देखाएको छ ।

अण्डाको बोक्रामा पाइने प्राकृति एसिड र गुणले छालाको सफाई गर्दै त्यसलाई चम्किलो बनाउँछ । त्यसकारण अर्कोपटक अण्डाको बोक्रालाई फाल्नुभन्दा पहिले एकपटक अवश्य पनि सोच्नुहोस् ।

छालामा अण्डाको बोक्रा लगाउँदा रोमछिद्र खुल्ने गर्दछ र छाला सफा, स्वस्थ र कोमल हुने गर्दछ । अण्डाको बोक्राको पाउडरमा कागती र मह मिसाएर एक गाढा पेष्ट बनाउनुहोस् । यसलाई आफ्नो अनुहारमा लगाउनुहोस् र पछि सफा पानीले धुनुहोस् । अण्डाको बोक्राले बनेको यो मास्कले छालाको सफाई गर्दछ र रोमछिद्रलाई बन्द हुनबाट जोगाउँछ ।

अण्डाको बोक्रामा प्राकृतिक प्रोटिन र भिटामिन पाइन्छ अतः यसले छालालाई जवान र चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडर दुई चम्चा लिनुहोस् र त्यसमा मह र बेसन मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र १५ मिनेटपछि धुनुहोस् । यो प्रक्रियालाई हप्तामा तीन वा चारपटक अपनाउनुहोस् र जवान र चम्किलो छाला पाउनुहोस् ।

शोधका अनुसार जो महिलाको उमेर ३० पारी छ उनीहरुले अण्डाको बोक्रालाई आफ्नो सौन्दर्य दिनचर्यामा अवश्य पनि समावेश गर्नुपर्छ । अण्डाको बोक्राको पाउडर ३–४ चम्चा लिनुहोस् र यसमा दही मिसाउनुहोस् । यसमा एक चिम्टी बेसार मिसाउनुहोस् र यो पेस्टलाई अनुहारमा लगाउनुहोस् । यसलाई २० मिनेटपछि पखाल्नुहोस् । अण्डाको बोक्राले बनेको मास्क बुढ्यौलीको संकेतलाई कम गर्ने गर्दछ । यसले अनुहारबाट चाउरीलाई टाढा राख्छ ।

यदि तपाईंको आँखा मुनीको छाला सुख्खा छ र छालालाई पुनर्जि्वित गर्नका लागि अण्डाको बोक्रालाई प्रयोगमा ल्याउनुहोस् । २–४ चम्चा अण्डाको बोक्राको पाउडरमा मह मिसाउनुहोस् । दुबै पदार्थलाई निकै राम्रोसँग मिसाउनुहोस् र यसलाई छालामा लगाएर गोलाकार दिशामा आँखा वरिपरि मसाज गर्नुहोस् । प्रत्येक दिन सुत्नुभन्दा पहिले यो मास्कको प्रयोग गर्नुहोस् किनभने यस्तो गर्दा आँखा मुनीको छाला निकै समयसम्म नरम भइरहन्छ ।

थुप्रै मानिसहरुलाई छाला चिलाउनेजस्तो समस्या हुने गर्दछ । आफ्नो छालाको हेरबिचारको दिनचर्यामा अण्डाको बोक्रलाई समावेश गरेर तपाईं छालालाई आराम प्रदान गर्न सक्नुहुन्छ र छाला पोल्ने समस्या छ भने तुरुन्त आराम पाउन सक्नुहुन्छ । एक कप एप्पल साइडर भिनेगर लिनुहोस् र त्यसमा अण्डाको बोक्राको पाउडर मिसाउनुहोस् । यो मिश्रणलाई सेट हुन दिनुहोस् र यसलाई १० मिनेटसम्म यत्तिकै छोडिदिनुहोस् । अब यो मिश्रणलाई छालामा लगाउनुहोस् र जवान र चम्किलो छाला प्राप्त गर्नुहोस् ।

अण्डाको बोक्राको पाउडरमा घ्युकुमारीको जेल मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र चिसो पानीले धुनुहोस् । हप्तामा दुईपटक यो उपचारलाई अपनाउनुहोस् र चम्किलो, कोमल छाला पाउनुहोस् ।

अण्डाको बोक्रा एक प्राकृति पदार्थ हो जसले छालालाई भित्रैदेखि सफा गर्दछ र रोमछिद्रलाई खोल्दछ । अण्डाको बोक्राले रोमछिद्रमा जमेको फोहोर र धुलो सफा हुने गर्दछ जसका कारण रोमछिद्र बन्द हुन दिँदैन । अण्डाको बोक्राले बनेको मास्क तपाईंको छालाको लागि निकै फाइदाजनक हुन्छ ।

अण्डाको बोक्राले छालालाई चम्किलो बनाउँछ । अण्डाको बोक्राको पाउडरमा थोरै कागतीको रस र कोयलाको पाउडर मिसाउनुहोस् । यो मास्कलाई अनुहारमा लगाउनुहोस् र आधा घण्टापछि पखाल्नुहोस् । अण्डाको बोक्रामा ब्लिचिङ र छालालाई चम्किलो बनाउने गुण पाइन्छ । यदि तपाईं छालालाई चम्किलो र जवान राख्न चाहनुहुन्छ भने यी तरिका अपनाउन सक्नुहुन्छ ।

अण्डाको बोक्रादाई घाममा सुकाउनुहोस् । त्यसपछि त्यसलाई मिक्चरमा पिसेर धुलो बनाउनुहोस् र प्रयोगमा ल्याउनुहोस् ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : २९ बजे

स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण

लुम्बिनीले टस जित्यो, काठमाडौंलाई पहिला ब्याटिङको निम्तो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा

५ अंकले बढ्यो नेप्से, १२५ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ