पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्ने « Khabarhub

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्ने


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने भएको छ ।

प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा.अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका संक्रमितलाई रक्तदान गर्न आग्रह गरेका छन् ।

रक्तदान गर्न इच्छुकले प्रतिष्ठान परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा उपस्थित भएर रक्तदान गर्न सक्नेछन् । डा.आचार्यका अनुसार यो विधिको लागि संक्रमितले आफ्नो रिपोर्ट नेगेटिभ आएको दुई हप्तामा रक्तदान गर्न सक्नेछन् । यस विधिबाट उपचार गर्दा संक्रमित छिटो निको हुने चिकित्सकहरूले बताएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारसम्म प्रदेशममा कोरोना संक्रमितको संख्या दुई हजार ७४७ पुगेको छ । शुक्रबार १७ जना नयाँ सङ्क्रमित थपिएका छन् । एकहजार ८१४ जना निको भइसकेका छन् ।

गण्डकी प्रदेशमा ९११ जना सक्रिय सङ्क्रमित छन् । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  २ : ३७ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको

बागमतीमा मन्त्री बनेका तीन सांसदलाई राप्रपाले सोध्यो १२ घण्टे स्पष्टीकरण

काठमाडौँ । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही