एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय | Khabarhub Khabarhub

एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज (शुक्रवार) सकिएको बैठकले विवादका कारण लामो समयदेखि अड्किएको उक्त परियोजनासम्बन्धी विधेयक परिमार्जन गर्ने गरी अगाडि बढाउने निर्णय गरेको हो ।

एमसीसीमा कुन विषय संशोधन र परिमार्जन गर्ने भन्नेबारेमा पार्टीभित्र थप छलफल गर्ने निर्णय भएको जनाइएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीबारे यसअघि पार्टीका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलको सुझावलाई ध्यानमा राखेर संशोधन र परिमार्जन गरिने  बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ५ : २५ बजे

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र

ट्रम्पले ल्याएको विधेयकमा छलफल जारी

वाशिङटन – ‘वान विग ब्युटिफुल’ विधेयकका विषयमा अहिले अमेरिकी तल्लो

भोजपुर क्याम्पसलाई ‘स्मार्ट बोर्ड’ हस्तान्तरण

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले भोजपुर बहुमुखी क्याम्पसलाई तीनवटा ‘स्मार्ट बोर्ड’