बेलायतद्वारा जाकिर नाईकको टीभीलाई ३ लाख पाउण्डको जरिवाना « Khabarhub

बेलायतद्वारा जाकिर नाईकको टीभीलाई ३ लाख पाउण्डको जरिवाना


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कट्टरपन्थी इस्लामिक प्रचारक जाकिर नाइकका स्वामित्वमा रहेको पीस टीभी र पीस टीभी उर्दू-टेलिभिजन च्यानलहरूलाई बेलायतको मिडिया वाचले ३ लाख पाउन्ड जरिवाना गरेको छ।

ती च्यानलबाट घृणा, हिंसा र आतंकवादलाई उक्साउने सामाग्री प्रसारण गरेको आरोप लगाउँदै मिडिया वाचले जरिवाना गरेको हो ।

पीस टीभीको होल्डिङ कम्पनी लर्ड कम्युनिकेसनलाई १ लाख पाउण्ड जरिवाना गरिएको छ भने पीस टीभी उर्दूको होल्डिङ कम्पनी क्लब टीभीलाई २ लाख पाउण्ड जरिवाना गरिएको छ।

बेलायती वाच डगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आज हाम्रो प्रसारण नियम तोड्दा पिस टीभी उर्दूका इजाजत पत्र धारकलाई २ लाख पाउन्ड र पीस टीभीको इजाजत पत्र धारकलाई १ लाख पाउन्ड जरिवाना गरेको छ।”

विज्ञप्तिमा भनिएको छ, “हाम्रो अनुसन्धानले पीस टीभी उर्दू र पीस टीभीमा प्रसारण गरिएको कार्यक्रमहरूमा घृणायुक्त बोली र अत्यधिक आपत्तिजनक सामग्री प्रसारण भइरहेको छ जसले हिंसा र अपराध उक्साउने सम्भावना थियो।”

भारतमा उनीविरुद्ध घृणा फैलाएको आरोप लागेको छ । घृणा फैलाएको आरोपमा मुद्दा लागेपछि उनी भारतबाट फरार छन् । नाइक २०१६ देखि मलेशियामा बसेका छन् । भारतले उनको प्रत्यर्पणको लागि क्वालालम्पुरलाई दबाब दिदै आएको छ।

मोदी सरकारले जाकिर नाईकको प्रत्यर्पण गर्न मलेसियालाई औपचारिक अनुरोध पनि पठाईसकेको छ ।

नाइक एशियामा इस्लामी कट्टरपन्थीकरणको लागि जिम्मेवार मानिन्छ । धेरै जसो कट्टरपन्थीकरण ईण्डोनेशियालगायत दक्षिण-पूर्वी एशियामा भइरहेको छ । श्रीलंकामा इस्टर बम बिष्फोटनको मास्टर माइन्ड पनि जाकिर नाईकको भाषणबाट प्रेरित थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ७ : ३६ बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या