देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोस् : थापा « Khabarhub

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुहोस् : थापा


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देश, जनता र प्रजातन्त्रलाई केन्द्रमा राखेर काम गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।

पार्टीद्वारा देशव्यापीरुपमा नेता तथा कार्यकर्तासँग आज आयोजित भर्चुअल बैठकमा उनले कोभिड–१९ को महामारीका कारण राजनीतिक गतिविधि हुन नसकेको अहिलेको अवस्थामा सङ्गठनका प्रतिनिधि सर्तकतापूर्वक जनताको सेवामा क्रियाशील हुनुपर्नेमा जोड दिए ।

महामारीको प्रभाव र बढ्दो सङ्कट, मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी एकता र भावी योजनाका बारेमा भएको छलफलमा उनले राप्रपालाई मुलुकको बलियो वैकल्पिक शक्ति बनाउनका निम्ति क्रियाशिल हुन नेता कार्यकर्तालाई आग्रह गरे ।

आर्थिकरुपमा विपन्न जनतालाई राहत तथा सहयोग उपलब्ध गराउन सरकारसँग माग गर्दै उनले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकाबाट प्रभावहिन देखिएकाले राप्रपाले आगामी दिनमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

पार्टी एकतालाई निष्कर्षमा पुर्‍याएर देशव्यापी सकारात्मक सन्देश प्रवाह गर्न आफुले भरमग्दुर प्रयास गरिरहेको र हदैसम्म लचकता प्रदर्शन गरेको अध्यक्ष थापाले सहभागीलाई जानकारी गराए ।

बैठक प्रदेश, जिल्ला, क्षेत्र र जनवर्गीय सङ्गठनको तहसम्म निरन्तर जारी रहने राप्रपा केन्द्रीय सचिबालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा सहभागी नेताले अहिलेको अवस्थामा पार्टी एकता आवश्यक भएकाले सिद्धान्त र विचारमा सम्झौता नगरी एकता प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सुझाव दिएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : २० बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या