मन्त्री भट्टराईद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरिक्षण « Khabarhub

मन्त्री भट्टराईद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निरिक्षण


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको बताएका छन् ।

मन्त्री भट्टराई र प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीसहितको टोलीले आज निर्माणाधिन विमानस्थलको स्थलगत निरिक्षण गर्दै कोरोनाको बढदो सङ्क्रमणमा पनि विमानस्थलको निर्माण नरोकिएको जनाउँदै डिसेम्बरसम्म काम सक्ने गरी अहिले धमाधम काम भएको बताए । उनले विमानस्थलका केही उपकरण र उपकरण जडानगर्ने दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने तर, कोरोनाका कारण समयमा ल्याउन नसकिएकाले काममा केही ढिलाई भएको जानकारी गराए ।

सरकारले राष्ट्रिय गौरवका आयोजनाअन्तर्गत निर्माण गरिरहेका २१ आयोजनामध्ये गौतमबुद्ध विमानस्थल सबैभन्दा छिटो सम्पन्न हुने जनाउँदै भट्टराईले सबै पक्षको समन्वयमा कोरोनाको महामारीमा पनि काम नरोकिएकाले आयोजना सन्तोषजनकरुपमा अघि बढेको बताए । विमानस्थल निर्माण सकिएपछि तत्कालै सञ्चालनमा आउने पनि उनले बताए ।

नागरिक उड्डयन प्राधीकरणका महानिर्देशक राजन पोखरेलले उपकरण जडानका लागि दक्ष जनशक्ति तत्काल आए डिसेम्बरमै निर्माण सकिने र त्यसपछि अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि प्रमाणीकरण गर्ने गरी कामअघि बढेको बताए ।

विमानस्थल निर्माण आयोजना प्रमुख प्रवेश अधिकारीले लकडाउनमा पनि आयोजनाका थुप्रै काम भएको जानकारी दिए । उनले दक्ष कामदार कोरोनाले गर्दा आउन नसक्दा काममा ढिलाइ भएको बताए । एयर कन्डिसनसँग सम्बन्धित चिनियाँ कामदार लकडाउनले चीनतर्फ रोकिएका जानकारी दिँदै उनले उपकरण जडानका लागि अमेरिका, अष्ट्रिया, थाइल्याण्डलगायतका मुलुकबाट पनि जनशक्ति ल्याउनुपर्ने भएकाले कोरोनाका कारण केहि ढिलाइ भएको बताए ।

विमानस्थलमा अहिले टायल विछ्याउने, कन्ट्रोल टावर, टर्मिनल भवनमा फिनिसिङ र उपकरण जडान, विद्युतीकरण, भवन फिनिसिङको काम भइरहेको तथा जनशक्ति नआउँदासम्म उपकरण जडानको काम हुननसक्ने अधिकारीले बताए ।

विमानस्थलमा अहिले धावनमार्गमा मार्किङको काम सकिएको छ भने लाइटिङको फाउन्डेसन तयार गरी लाइट जडानको तयारी भइरहेको छ । फायर भवनको फिनिसिङको काम अन्तिम चरणमा पुगेको छ । जहाज र ट्याक्सी पार्किङस्थलको सिभिलतर्फको काम सकिएर विद्युतीकरणको काम सुरु भएको छ । धावन मार्गको वरीपरी पेरिमिटर सडक निर्माणको काम शुरु भइसकेको छ ।

टर्मिनल भवनमा प्रयोग गरिने ब्यागेज ह्याण्डलिङ सिस्टम, सञ्चार उपकरण र कन्भेयर बेल्ट, धावन मार्गका लागि आवश्यक लाइटलगायतका उपकरण चीनबाट ल्याउनुपर्ने भएकाले अझै विमानस्थलमा आइपुगेका छैनन् । विमानस्थलको अहिलेसम्म ९२.५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणको कामको म्याद चौथोपटक थपिएको समयमा पनि नसकिएपछि पाँचौ पटक थप गरी २०२० को डिसेम्बरसम्म पुर्‍याइएको छ । आयोजना चिनियाँ ठेकेदार कम्पनी नर्थवेष्ट सिभिल एभिएसनले निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ८ : ५७ बजे

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया