भारतीय सामाजिक अभियान्ता स्वामी अग्निवेशको निधन « Khabarhub

भारतीय सामाजिक अभियान्ता स्वामी अग्निवेशको निधन


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका चर्चित सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८१ वर्षको उमेरमा निधन भएको छ।

कलेजोको समस्यबाट पीडित अभियान्ता अग्निवेशको दिल्लीस्थित इस्टिच्यूट अफ लिवर एण्ड बायिलरी साइन्सेजमा उपचारका क्रममा शुक्रबार साँझ साढे ६ बजे निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कलेजोको समस्याको कारण गम्भीर अवस्थामा उनलाई मंगलबार अस्पताल भर्ना गरिएको थियो। उनलाई शुक्रबार साँझ ६ बजे हृदयघातसमेत भएको चिकित्सकहरूलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

आन्ध्रप्रदेशको ब्राम्हण परिवारमा जन्मिएका अग्निवेश सन्यासी बनेका थिए । उनले भारतमा बँधुवा मुक्ति मोर्चा खोलेर बँधुवा मजदुरविरुद्ध अभियान सञ्चालन गरेर चर्चित बनेका थिए ।

सन् १९७७ मा हरियाणा विधानसभामा निर्वाचित भएका उनी दुई वर्ष शिक्षा मन्त्रीसमेत बनेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  ९ : ५५ बजे

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या