कोरोना संक्रमित कैदीको धरानमा उपचारका क्रममा मृत्यु « Khabarhub

कोरोना संक्रमित कैदीको धरानमा उपचारका क्रममा मृत्यु


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको झुम्का कारागारका एक कैदीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

एक वर्षदेखि झुम्का कारागारमा रहेका सुनसरी रामधुनी नगरपालिका– ५ झुम्का ठेगाना भएका ४४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको हो ।

उनको शुक्रबार अपराह्न साढे ४ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

दश दिनयता ज्वरो आएका उनलाई दुई दिनदेखि श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो । त्यसलगत्तै उनलाई जिल्ला अस्पताल इनरूवा लगिएको थियो । अस्पतालले रेफर गरेपछि शुक्रबार करिब १२ बजे उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरेर उपचार गरेकोमा उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १० : १५ बजे

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर