कोरोना संक्रमित कैदीको धरानमा उपचारका क्रममा मृत्यु « Khabarhub

कोरोना संक्रमित कैदीको धरानमा उपचारका क्रममा मृत्यु


२६ भाद्र २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको झुम्का कारागारका एक कैदीको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको छ ।

एक वर्षदेखि झुम्का कारागारमा रहेका सुनसरी रामधुनी नगरपालिका– ५ झुम्का ठेगाना भएका ४४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको हो ।

उनको शुक्रबार अपराह्न साढे ४ बजे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

दश दिनयता ज्वरो आएका उनलाई दुई दिनदेखि श्वासप्रश्वासमा पनि समस्या देखिएको थियो । त्यसलगत्तै उनलाई जिल्ला अस्पताल इनरूवा लगिएको थियो । अस्पतालले रेफर गरेपछि शुक्रबार करिब १२ बजे उनलाई प्रतिष्ठानमा भर्ना गरिएको थियो ।

प्रतिष्ठानको ल्याबमा परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएपछि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरेर उपचार गरेकोमा उपचारकै क्रममा मृत्यु भएको प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार  १० : १५ बजे

प्रेम सुवालले भक्तपुरबाट गरे मतदान

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले मतदान

आजपा अध्यक्ष प्रभु साहले रौतहटमा गरे मतदान

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रतिनिधिसभा

प्रथम महिला पौडेलद्वारा मतदान

दमौली– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत प्रथम महिला सविता पौडेलले आज व्यास

विष्णु रिमालले गरे मतदान

काठमाडौं– नेकपा एमालेका नेता विष्णु रिमालले आशामन्दिर स्कूलमा पुगेर मतदान

‘मतदान अधिकार मात्र होइन, लोकतन्त्रको आधार र नागरिकको दायित्व’

काठमाडौं– पुर्वमन्त्री गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मतदान सम्पन्न गरेको