अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको उत्तर कोरियाली क्षेप्यास्त्र सार्वजनिक « Khabarhub

अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको उत्तर कोरियाली क्षेप्यास्त्र सार्वजनिक


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकासम्म मार हान्न सक्ने दाबी गरिएको ‘आइसीबीएम’ नामको क्षेप्यास्त्र उत्तर कोरियाले सार्वजनिक गरेको छ ।

शनिबार उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीको ७५औं वार्षिकोत्सवको अवसरमा विशाल सैन्य परेड निकालिदा सार्वजनिक भएको ‘आइसीबीएम’ नामक क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्ने ब्लुमबर्गले जनाएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उत्तर कोरियाका शासक किम जोङ उनले शत्रुको सम्भावित खतराबाट जोगिन युद्ध क्षमताको सुदृढीकरण गरेको बताए ।

‘दुश्मनले आणविक खतराका साथै विभिन्न चुनौती थपेका छन्, हामी हाम्रो युद्ध क्षमताको सुदृढीकरण जारी राख्नेछौं, ताकि सबै प्रकारका जोखिमपूर्ण प्रयासहरू र खतराहरूलाई रोक्न सकौं।’

उत्तर कोरियाले आफूले सन् २०१८ को क्षेप्यास्त्र निशस्त्रीकरणको सम्झौतालाई पालना गरे पनि अमेरिकाले सर्त पूरा नगरेको आरोप लगाउँदै आएको छ।

सन् २०१८ र सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली शासक उनबीच दुई पटक शिखर वार्ता भएको थियो। ती वार्तामा कोरियाली प्रायदिपलाई आणविक हतियार मुक्त बनाउने समझदारी भए पनि पालना हुन सकेको छैन ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ६ : ४८ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र