कमेरो खन्न गएका युवक दुधकोशीमा बेपत्ता « Khabarhub

कमेरो खन्न गएका युवक दुधकोशीमा बेपत्ता


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोलुखुम्बु- दुधकोशी खोलाले बगाएर कमेरो माटो खन्न गएका युवक बेपत्ता भएका छन् ।

थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु खन्याखर्कका २३ वर्षीय सन्तोष घिमिरे शनिबार बेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालका अनुसार श्रीमतीसँगै घर लिप्ने कमेरो माटो खन्न गएका घिमिरेलाई शनिबार बिहान खोलाले बगाएको हो ।

माटो खनी सकेर भारीसमेत मिलाइसकेका घिमिरेले श्रीमतीलाई पानी पिउन मन लागेको भन्दै ज्याकेट र मोवाइल दिएर दुधकोशीमा गएका थिए ।

पानी पिएपछि पौडन नदीमा पसेपछि नदीले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखीम नवजात शिशुको बेवारिसे शव भेटिएको छ ।

सालनालसहित कुहिसकेको अवस्थामा नवजात शिशु छोरीको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए ।

लोखीमको सार्कु खोलाको छागाँमा माछा मार्न गएका स्थानीयले शनिबार दिउँसो शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

नवजात शिशुको शवपरीक्षण लागि जिल्ला अस्पताल फाप्लु ल्याएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ७ : ४० बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको