नोबेल अस्पताल विराटनगरमा दुई संक्रमितको मृत्यु « Khabarhub

नोबेल अस्पताल विराटनगरमा दुई संक्रमितको मृत्यु


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालका व्यवस्थापक नारायण दाहालका अनुसार मृतक दुबै सुनसरीका हुन् । शनिबार राति हरिनगर गाँउपालिका ४ का ७१ वर्षीय वृद्ध र दुहबी ३ की ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या देखिएसँगै असोज २१ गते ७१ वर्षीय वृद्धलाई अस्पतालमा भर्ना गरिएको थियो । उनमा कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको थियो ।

फोक्सो सम्बन्धी समस्या भएका उनको शनिबार राति १०:१५ बजे मृत्यु भएको उनले बताए ।

यस्तै सुनसरीको दुहबी ३ की महिलाको पनि उपचारका क्रममा मृत्यु भएको छ । असोज २० गते अस्पतालमा भर्ना भएकी उनको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको शनिबार राति ११ बजे मृत्यु भएको दाहालले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ८ : ३९ बजे

एफ-३५ पछि एफ-१५ लडाकु जेटलाई इरानले बनायो निशाना, अमेरिका-इजरायल मौन

तेहरान- इजरालय र अमेरिकी आक्रमणको सामना गरिरहेको इरानले होर्मुज जलक्षेत्रनजिक

स्वास्थ्य परीक्षण गरिएका १२ प्रतिशतमा नसर्ने रोग

पाँचथर– जिल्लाको हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको ‘नसर्ने रोगको खोज पड्ताल’

अपाङ्ग महासङ्घमा ‘संस्थागत कू’ को प्रयास : पदाधिकारी नै आन्दोलनमा

​काठमाडौँ— देशभरका अपाङ्गता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय

नेपाललाई गर्भपतनदेखि बालविवाहसम्म सुधारकालागि विश्व समुदायको सन्देश

काठमाडौं– संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्को विश्वव्यापी आवधिक समीक्षा (युपिआर)

छब्बिस वर्षपछि तरेगना खानेपानी आयोजना सञ्चालन

सिरहा– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राजविराजले २६ वर्षअघि सुरु गरेको