चीनविरूद्ध प्रतिकारमा उत्रन भारतलाई अमेरिकाको सुझाव « Khabarhub

चीनविरूद्ध प्रतिकारमा उत्रन भारतलाई अमेरिकाको सुझाव


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लद्दाख लगायतका क्षेत्रमा चीनसँगको सीमा विवाद लम्बिरहँदा अमेरिकाले भारतलाई प्रतिकारमा उत्रन सुझाव दिएको छ ।

चीनलाई वार्ताबाट मनाउन नसकिने भएकाले भारतले प्रतिकारमा उत्रने गरीको तयारी थाल्नु पर्ने अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनले सुझाएका छन् ।

भारतीय दैनिक टाइम्स अफ इन्डियाले छापेको समाचारमा ब्रायनको भनाई उद्धृत गर्दै भनिएको छ, ‘चीन आफ्नो प्रभुत्व बढाउने प्रयासमा छ उसले वार्ताबाट सहमति जनाउँदैन, हामीले यो कुरा स्वीकार गर्नुपर्ने बेला आएको छ कि जनगणतन्त्र चीनलाई वार्ता वा सहमतिबाट मनाउन वा बाध्य पार्न सकिन्न ।’

अमेरिकाले लामो समयदेखि चीनसँग सहमतिको प्रयत्न गर्दा पनि अटेर गरेको उल्लेख गर्दै ब्रायनले भने,’ वार्ता वा सहमतिबाट समस्या सुल्झाउने प्रयासले कुनै उपलब्धि हुँदैन। जुन प्रयास हामी लामो समयदेखि गरिरहेका छौं।’

भारत र चीनबीच लद्दाख मामिलामा अक्टोबर १२ अर्थात् सोमबार दुई देशका कमान्डरबीच वार्ता हुँनै लाग्दा प्रतिकारमा उत्रन भारतलाई दिएको उनका अभिव्यक्ति सार्वजनिक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

अक्टोबर २६ र २७ मा नयाँ दिल्लीमा भारत र अमेरिकाका विदेशमन्त्री एवं रक्षामन्त्रीबीच पनि बैठक हुँदैछ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १२ : २६ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो