चन्दननाथ नगरपालिका प्रमुख सेजुवाललाई कोरोना पुष्टि « Khabarhub

चन्दननाथ नगरपालिका प्रमुख सेजुवाललाई कोरोना पुष्टि


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवाल र नेकपा नेता गोमा कुँवरलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनीहरुको शुक्रबार स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गरिएको थियो ।

पूर्वराज्यमन्त्री समेत रहेका कुँवरले भने, “उच्च ज्वरो आइ पीसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो । सम्पर्कमा रहने सबैलाई सचेत रहन आग्रह गर्दछु ।”

नगरप्रमुख सेजुवालले सङ्क्रमण देखिए पनि अहिले कुनै पनि लक्षण नदेखिएको जानकारी दिइन् ।

यसअघि कर्णाली प्रदेश सांसद दिनवन्धु श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, उद्योग वाणिज्य संघका अध्यक्ष रजवअली मनियार, क्षेत्रीय होटल व्यवसायी संघका दिलबहादुर महत, शिक्षिक भगवती श्रेष्ठ, नेकपा युवा नेता जीवन बढ्थापा, हातोमालो निर्देशक टेक रावतलाई सङ्क्रमण भएको थियो ।

उनीहरु सबै जना कोरोनाबाट मुक्त भइसकेका छन ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  २ : ४७ बजे

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल