२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १४१६ कोरोना संक्रमित « Khabarhub

२४ घण्टामा काठमाडौं उपत्यकामा थपिए १४१६ कोरोना संक्रमित


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११४५, भक्तपुरमा ११० र ललितपुरमा १६१ गरी जम्मा १४१६ जना संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ८ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा एक महिलासहित चार पुरुष, ललितपुरमा एक पुरुष र भक्तपुरमा २ पुरुष गरी ८ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

यस्तै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक लाख सात हजार ७ सय ५५ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ७१ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या एक लाख सात हजार ७ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

नेपालमा ३१ हजार ३१५ कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १३ हजार ६४९ जना रहेका छन् भने होम १७ हजार ६६६ आइसोलेसनमा छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६१३ जना रहेका छन्।

यसअघि शनिबार (हिजो) काठमाडौंमा २,१००, भक्तपुरमा २०३ र ललितपुरमा ३६९ गरी जम्मा २,६७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  ४ : ३३ बजे

आज वनस्पति दिवस मनाइँदै, हरित अर्थतन्त्रको विकासमा जोड

काठमाडौँ– ‘समृद्धिका लागि वनस्पति’ नारासहित आज देशका विभिन्न भागमा २७औँ

आर्थिक गणनाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– दोस्रो आर्थिक गणनाको तयारी अन्तिम चरणमा पुगेको छ ।

विराट गोल्ड कप फुटबल : झापा–११ सँग आर्मी स्तब्ध

मोरङ– विराट गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा झापा–११

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल