लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट | Khabarhub Khabarhub

लोन्ली प्लानेटको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ ।

विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो ।

अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजस्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । अन्नपूर्णको साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने भन्दै पदयात्रापछि थाकेको शरीरलाई स्वादिष्ट परिकार र चियाले भरपुर आनन्द दिलाउन सकिने संस्थाले साइटमा लेखेको छ ।

अन्नपूर्ण सर्किटमा रहेका अन्नपूर्ण क्षेत्र, तिलिचो ताल, कालीगण्डकी तथा थोरङ्लापाससम्मको यात्रा वर्णन गर्दै लोन्ली प्लानेटले अन्नपूर्णलाई विश्वभरका पर्यटकका घुमफिरको योजनामा राख्न पनि सुझाएको छ । अन्नपूर्ण क्षेत्र दृश्यावलोकन, उच्च हिमाली भञ्ज्याङ, आरामदायी लज र स्याउका परिकारका लागि चर्चित मानिन्छ ।

पर्यटकीय नगरी पोखराबाट उत्तरी क्षेत्रमा पर्ने यो क्षेत्रमा संसारकै दशौं अग्लो आठ हजार ९१ मिटरको अन्नपूर्ण प्रथम हिमाललगायत सात हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल पर्छन् । दश दिन लामो पदयात्रामा अन्नपूर्ण दक्षिण र अन्य दर्जनौं साना मार्ग समेटिएका छन्, जुन हिमाली गाउँमा गएर जोडिन्छन् ।

घुम्नैपर्ने १० गन्तव्यको सूचीको पहिलो नम्बरमा जोर्डनको पेट्रासिटीलाई राखिएको छ । त्यस्तै दोस्रो स्थानमा इक्वेडरको गालापागोस र तेस्रो स्थानमा अष्ट्रेलियाको उलुरु राष्ट्रिय निकुन्ज परेको छ । लोन्ली प्लानेट संसारकै विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी हो ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : २६ बजे

नेपाल वायुसेवा निगमको अक्टोबर  १९ को काठमाडौं-ग्वाञ्जाओ उडान रद्द

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९

ऊर्जा दक्षता प्रवर्द्धन गर्ने उद्योगलाई अनुदान वितरण

काठमाडौं– दिगो औद्योगिक विकासलाई अघि बढाउने प्रतिबद्धता कायम राख्दै, राष्ट्रिय वाणिज्य

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा पाँचवटा रिट दायर भएको छ

सुरु भयो ‘कबड्डी ५’को सुटिङ, यसपटक विपीन र सिर्जनाको प्रवेश

काठमाडौं – हिट फिल्म ‘कबड्डी’को पाँचौ श्रृङ्खला ‘कबड्डी ५ :

फरार भएकामध्ये ११३ कैदीबन्दी आफैँ फर्किए कारागार 

काठमाडौं -कारागारबाट फरार भएकामध्ये एक सय १३ जना कैदीबन्दी आफैँ