लिखु हाइड्रोपावरका ४७ कोरोना संक्रमित मजदुर गुपचुपमै सोलुबाट बर्दिया पुर्‍याएको खुलासा « Khabarhub

लिखु हाइड्रोपावरका ४७ कोरोना संक्रमित मजदुर गुपचुपमै सोलुबाट बर्दिया पुर्‍याएको खुलासा


२५ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रामेछाप र सोलुखुम्बुको सीमानामा निर्माणाधीन लिखु हाइड्रोपावरमा कार्यरत ४७ कोरोना संक्रमित मजदुरलाई गुपचुप रुपमै बर्दिया पुर्‍याइएको खुलासा भएको छ ।

सोलुखुम्बुको लिखु पिके गाउँपालिकाको किन्जास्थित लिखु हाइड्रोपावर कम्पनीको क्वारेन्टाइनमा रहेका ४७ जना बर्दियाका कामदारलाई कम्पनिमै रहेको समयमा कोरोना संक्रमण पुष्टि भएसँगै टिपर र गाडीमा राखेर बर्दिया पुर्‍याइएको खुलेको हो ।

बर्दियास्थित मधुवन नगरपालिकाका मेयर गणेशबहादुर क्षेत्रीले हाइड्रोपावर कम्पनीले मापदण्ड नै पूरा नगरी गैरकानूनी रुपमा संक्रमितहरुलाई सोलुखुम्बुबाट गत २० गते बर्दिया पुर्‍याएको बताए ।

मेयर क्षेत्रीले भने, ‘अहिले नेपालको कानून र संघीय सरकारको निर्देशन अनुसार जहाँ संक्रमण देखियो संक्रमितहरुलाई त्यहीं नै आइशोलेशनको व्यवस्था गर्नुपर्छ । उच्च सुरक्षा सावधानी अपनाएर एम्बुलेन्सबाट मात्र अन्यत्र लैजान सकिने व्यवस्था छ ।  तर कम्पनीले कुनै नियम नै पूरा नगरी अटेर गरेर सोलुखुम्बुको प्रशासन र हाइड्रोपावरले गैरजिम्मेवार तरिकाले यात्रा गरायो । घटनामा संलग्नन जो–जो छन् उनीहरुलाई स्वास्थ्य ऐन अनुसार कारबाही गर्नुपर्छ ।’

अध्यक्ष क्षेत्रीका अनुसार बर्दिया पनि उनिहरु सबैको कोरोना पोजेटिभ नै आएको छ । मधुवन नगरपालिकाले आइतबार विहान सर्वदलीय बैठक बोलाएर सोलुखुम्बु प्रशासनको विरोध गरेको छ।

सोलुखुम्बुको लिखु पिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले हाइड्रोपावर कम्पनिले कोरोना संक्रमितहरुलाई लगिसकेपछि मात्र थाहा पाएको बताए । अहिले त्यस स्थानमा एमभी दुगड समूहले तीन वटा हाइड्रोपावर आयोजनाहरु निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७७, आइतबार  १० : ११ बजे

बजेट अभावमा विद्यालय भवन अधुरो, टिनले बारिएको कोठामा पढ्दै विद्यार्थी

पर्वत– दक्षिण यहाँको बिहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन निर्माण

भीरबाट लडेर एक बालिकाको मृत्यु

बागमती– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित चुत्रोघारीडाँडा जंगलमा भीरबाट लडेर एक बालिकाको

निर्माण व्यवसायीले काम नगर्दा हरिचौर–मल्म–पाण्डवखानी सडक अधुरो

गलकोट– दुई वर्षमा काम सम्पन्न गर्ने सम्झौतामा ठेक्का लागेको हरिचौर–मल्म–पाण्डवखानी

समपूरक र विशेष अनुदान लिन तीन हजार पाँच सय आयोजना प्रस्ताव

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ का लागि सङ्घीय सरकारबाट समपूरक

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको