अन्तरिम आदेश खारेज भएपछि उपाध्यक्ष गौतमले भने : म सबैप्रति कृतज्ञ छु « Khabarhub

अन्तरिम आदेश खारेज भएपछि उपाध्यक्ष गौतमले भने : म सबैप्रति कृतज्ञ छु


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का उपाध्यक्ष वामदेव गौतमले आफूविरुद्ध परेको रिट उपर जारी भएको अन्तरिम आदेश  खारेज भएपछि शुभेच्छा र सद्भाव राख्ने सबैमा आभार प्रकट गरेका छन् ।

‘राष्ट्रियसभा सदस्य पदमा मेरो मनोनयन र शपथ लगत्तै मलाई थप संवैधानिक जिम्मेवारी नदिइयोस् भनी सर्वोच्च अदालतमा केही विद्वान अधिवक्ताहरुले दायर गर्नुभएको रिट उपर जारी भएको अन्तरिम आदेश आज सोही अदालतको संवैधानिक इजलासले खारेज गरेको छ’, गौतमले भनेका छन्, ‘यसबीचमा मप्रति शुभेच्छा र सद्भाव प्रकट गर्नुहुने समस्त महानुभावप्रति म हार्दिक आभार प्रकट गर्दछु । मेरो पक्षमा बहस गर्नुहुने सम्पूर्ण विद्वान कानुन व्यवसायी मित्रहरु प्रति म कृतज्ञ छु ।’

उनले यो विषय कुनै पद र प्रतिष्ठासँग नगाँसिएको समेत जनाएका छन् ।

‘हामी पार्टीभित्र विधि र पद्धति स्थापित गर्ने अभियानमा सरिक भइरहेको बेला प्रत्येक विषयलाई पद र व्यक्तिगत प्रतिष्ठासँग गाँसेर विधि र पद्धतिका कुरालाई विषयान्तर गर्न केही व्यक्तिहरु क्रियाशील भए । फेरि पनि म संविधानको सर्वोच्चता तथा विधि र पद्धतिका पक्षमा दृढताका पूर्वक उभिइरहने प्रण गर्दछु’, गौतमले भनेका छनेका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : ४६ बजे

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी