कोरोना भाइरस : विश्वभर संक्रमितको संख्या ७ करोड नाघ्यो « Khabarhub

कोरोना भाइरस : विश्वभर संक्रमितको संख्या ७ करोड नाघ्यो


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको संक्रमण फैलिएको एक वर्ष वित्दा विश्वभर संक्रमितको संख्या ७ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ६१ हजार ८०६ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमित संख्या ७ करोड ६ लाख ८३ हजार नाघेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा कोरोनाबाट ज्यान गुमाउनको संख्या १५ लाख ८७ हजार ४८६ पुगेको छ ।

बितेको २४ घण्टामा १२ हजार ५४६ जना संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

अहिलेसम्म ४ करोड ९१ लाख ३० हजार ७७ जना संक्रमणमुक्त भएका छन्।

हाल विश्वमा १ करोड ९९ लाख ६५ हजार ८५० सक्रिय संक्रमित छन्। तीमध्ये १ लाख ६ हजार ८२२ जना गम्भीर बिरामी छन्।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रमित संख्या १ करोड ६० लाख नाघेको छ । त्यहाँ अहिलेसम्म २ लाख ९९ हजारभन्दा बढी संक्रमितले ज्यान गुमाएका छन्।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ७ : २५ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको