साउदीमा १४ सय नेपाली बहिर्गमन भिसाको पर्खाइमा « Khabarhub

साउदीमा १४ सय नेपाली बहिर्गमन भिसाको पर्खाइमा


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदी अरबमा १४ सयभन्दा बढी नेपाली स्वदेश फिर्तिका लागि बहिर्गमन (एक्जिट) भिसाको पर्खाइमा रहेका छन् ।

साउदीको विभिन्न कम्पनीहरुले आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका कारण कम्पनी छाडेर भागेका १४ सयभन्दा बढी नेपालीले साउदीस्थित नेपाली दूतावास र जेद्धास्थित महाबाणिज्य दूतावासमा स्वदेश फिर्तिका लागि निवेदन दिएका छन् ।

दूतावासका अनुसार एक्जिट भिसाका लागि ठूलो सङ्ख्यामा निवेदन परेपछि सो निवेदनको सूची साउदीको अध्यागमन बिभागमा बुझाइएको छ ।

दूतावासको अनुरोधमा त्यहाँका विभिन्न कम्पनीहरूमा कार्यरत श्रमिकलाई आवासीय अनुमति पत्र (अकामा) नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तिमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिँदै आएको छ ।

यसरी एक्जिट भिसा प्राप्त गरेका व्यक्तिले आफ्नै खर्चमा हवाई टिकट लिई ६० दिन भित्रमा मुलुक छोडिसक्नु पर्ने हुन्छ ।

थप ६८ नेपालीलाई बहिर्गमन भिसा

साउदी अरबले गैरकानूनी रुपमा बसेका नेपालीहरुध्ये पछिल्लो पटक थप ६८ जनालाई एक्जिट (बहिर्गमन) भिसा दिएको छ ।

नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले अहिलेसम्म १ हजार ३४८ जना नेपालीहरुलाई बहिर्गमन भिसा उपलब्ध गराइसकेको जनाएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ८ : ४० बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा