छिट्टै बिर्सने बानी छ ? त्यसो भए खानुहोस् यस्ता खानेकुरा « Khabarhub

छिट्टै बिर्सने बानी छ ? त्यसो भए खानुहोस् यस्ता खानेकुरा


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

के तपाइँमा छिट्टै बिर्सिहाल्ने बानी छ ? यदि त्यसो हो भने आज हामीले स्मरण शक्ति बढाउन अपनाउनुपर्ने कुराको बारेमा जानकारी दिँदैछौँ ।

वैज्ञानिकहरुले भने यस्तो धेरै भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताउँदै आएका छन्।

१. दालचिनी, मरिच चिया, कफी तथा बेसारः बेसार, चिया, कफी, दालचिनी तथा मरिचको नियमित सेवन समेत मस्तिष्कको क्षमता वृद्धिमा सहयोगी हुने विभिन्न वैज्ञानिक परीक्षणले पुष्टि गरेका छन् ।

२. ओखरः जसले दिनहुँ ओखर सेवन गर्छन् उनीहरुमा स्मरण शक्तिको बढोत्तरी हुन्छ । ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फाइबर, एन्टी अक्सिडेन्ट जस्ता आवश्यक तत्व पाइन्छ ।

३.स्ट्रबरीः यसमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट पाइन्छ जसले मस्तिष्कका कोषको क्षयिकरण हुनबाट बचाउँछ ।

४. दहीः दहीमा प्रोटिन, कार्बोहाइड्रेट, खनिज, चिल्लो, क्याल्सियम तथा फोस्फोरस जस्ता लवणहरु पाइन्छ । यसले सरीरमा लाभदायी जिवाणुलाई समेत फाइदा पुर्याउँछ भने हानिकारक जिवाणुलाई नष्ट गर्न सहयोग गर्छ । दहीमा एमिनो एसिड पाइन्छ जसले दिमागी तनाव कम गरी स्मरण शक्तिमा बढोत्तरी गर्न सघाउ पूराउँछ ।

५. गोलभेँडाः गोलभेँडामा प्रोटिन, भिटामिन, तथा विभिन्न खाले लवण जस्ता तत्व पाइन्छ । यसमा कार्बोहाइड्रेटको मात्रा कम हुन्छ । गोलभेँडामा हुने लाइकोपिन तत्वले सरीरमा स्वतन्त्र रेडिकल्सको सुरक्षा गर्दछ र मस्तिष्क कोषको क्षयिकरण रोक्दछ ।

६. तुलसीः मसलाको रुपमा तुलसीका पातको प्रयोग निकै लाभदायक हुन्छ । छिटो भुल्ने समस्या भएका मानिसले दिनदिनै तुलसीको पात खाँदा त्यसले फाइदा गर्छ ।

७.अलैँचीः अलैँचीमा प्रशस्त मात्रामा प्रोटिन तथा फाइबर हुने भएकाले यसको सेवन समेत मस्तिष्कको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

८. जाइफलः जाइफलको सेवनले सरीरलाई चिसोबाट बचाउने मात्र होइन यसमा हुने विशेष तत्वले मस्तिष्कलाई स्वस्थ राख्न तथा स्मरण शक्ति बढाउन सहयोग गर्छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ७ : ३३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल वैशाख १६ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १६ गते बुधबार। वैशाख

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १६ गते बुधबार। वैशाख

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग