‘हल्ट प्राइज’ प्रतियोगिताको तयारी गर्दै कलेजहरू | Khabarhub Khabarhub

‘हल्ट प्राइज’ प्रतियोगिताको तयारी गर्दै कलेजहरू


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नयाँ पिँढीले देश साँच्ने र स्याहार्ने जोशलाई बढावा दिँदै ‘हल्ट प्राइज’ ले हरेक वर्ष विद्यार्थी वर्ग माझ एक मिलियन (दश लाख) अमेरिकी डलरको स्टार्ट अप प्राइज दिँदै आएको छ । यो विश्वभरिका विद्यार्थीहरूका लागि हुने ग्लोबल प्रतियोगिता हो ।

समाजमा व्यापारबाट सकारात्मक सामाजिक प्रभाव (पोजिटिभ सोसल इम्प्याक्ट) बनाउने अभिप्रायले हल्ट इन्टरनेशनल बिजनेस स्कूल र युनाइटेड नेशन फाउन्डेशनले यस प्रतियोगितालाई बढावा दिँदै आएका छन् ।

काठमाडौँस्थित किङ्स कलेजले पनि उक्त प्रतियोगितामा सहभागिताको तयारी गरिरहेको छ । नेपाली विद्यार्थीहरूले प्रतियोगिताको नियमअनुरूप टोली बनाएका छन् । आयोजक कमिटीले सहभागीहरूको आइडियालाई अन्तिम रूप दिने काम गरिरहेका छन् ।

टोलीअनुसार मेन्टरहरूलाई आमन्त्रण गरेर अभिमुखीकरणका विविध कक्षाहरू चलाइएका छन् । व्यापारमा अनुभवी व्यक्तिहरूको अनुभव सुन्दा निकै सहयोग हुने गरेको विद्यार्थीहरूको भनाइ छ । हल्ट प्रतियोगिता विद्यार्थीहरूका लागि विशेष हुने गरेको छ । हरेक श्रेणीमा नयाँ अभ्यास सिक्ने अवसर प्राप्त हुन्छ । विजेता एक भए पनि हार कसैको हुँदैन ।

हल्ट पुरस्कार विभिन्न विश्वविद्यालयका महत्वाकांक्षी सामाजिक उद्यमीहरूको लागि एक ‘स्टार्ट अप’ प्रतियोगिता हो । यो समाज कल्याणको लागि विश्वको सबैभन्दा ठूलो प्रतिस्पर्धा हो । विजेता टोली क्षेत्रीय फाइनलको लागि अगाडि बढ्नेछ ।

सर्वश्रेष्ठ स्टार्ट अप एक विजेताले १० लाख अमेरिकी डलर पुरस्कार पाउनेछ । हल्ट २०२१ को विषय ‘राम्रोको लागि खाद्य’ रहेको छ । संयुक्त राष्ट्र संघको सहयोगमा हल्ट पुरस्कार हरेक वर्ष आयोजना हुने गरेको छ । उद्यमशीलता र ‘राम्रोको लागि खाद्य’ विषयमा किङ्स कलेजमा हल्ट पुरस्कार सहभागीहरूका लागि प्रशिक्षण कक्षाहरू भइरहेका छन् । यो कार्यक्रमलाई किङ्स कलेजले सामाजिक परिवर्तनका लागि जुट्ने अवसर भनेको छ ।

प्रत्येक वर्ष १२१ देशका हजारौँ कलेज र विश्वविद्यालयका विद्यार्थीहरू हल्ट पुरस्कार प्रतियोगितामा सहभागी हुने गरेका छन् । किङ्स कलेजले यसअघि दुई पटक प्रतियोगिता आयोजना गरिसकेको छ । यस वर्षको कार्यक्रम मध्य डिसेम्बरमा हुनेछ ।

विजेता टोली र भाग लिने टोली हल्ट प्राइज फाउन्डेशनद्वारा प्रमाणित हुनेछ । विजेता टोली सीधै क्षेत्रीय सम्मेलनमा सहभागी हुनेछ । क्षेत्रीय शिखर सम्मेलनमा विजेता टोलीले दश लाख अमेरिकी डलर पुरस्कार पाउनेछ ।

नेपालमा झण्डै ४० वटा कलेजले हल्ट प्रतियोगितामा सहभागिताको तयारी गरिरहेका छन् । नेपालभरिबाट विजेता एउटा टोली क्षेत्रीय प्रतियोगितामा सहभागी हुनेछ । टोलीमा चार जना रहनेछन् ।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  १ : ४६ बजे

मनसुन बर्हिगमनमा समय लाग्ने

काठमाडौं – नेपालबाट मनसुन बर्हिगमनमा समय लाग्ने जल तथा मौसम

देउवाको सचिवालयले भन्योः निवासमा पैसाको सुरूङ्ग भेटिएको समाचार भ्रामक हो

काठमाडाैं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी

साफ यू–१७ च्याम्पियनसिप: बंगलादेशसँग नेपालको लज्जास्पद हार

कोलम्बो – श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह चरणको

प्रत्यक्ष प्रधानमन्त्री चुन्ने विषयमा जेनजीलाई धोका भयो : ज्ञानेन्द्र शाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले प्रत्यक्ष

‘नेपोबेबी’ ट्रेन्डबारे श्रृंखलाले भनिन्ः हार्वर्डमा आफ्नै आम्दानीबाट पढेकी हुँ

काठमाडौं – पूर्वमिस नेपाल श्रृंखला खतिवडाले सामाजिक सञ्जालमा चलेको ‘नेपोबेबी’