गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता भोलिबाट « Khabarhub

गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता भोलिबाट


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबारदेखि सुरु हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलको तयारी पूरा भएको क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिएका हुन् ।

चार दिनसम्म हुने प्रतियोगितामा बाग्मती, नारायणी र राप्ती गरी तीन टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

बाग्मतीको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् भने नारायणीको कप्तानी पूर्व कप्तान पारस खड्काले गर्नेछन् । यस्तै, राप्तीको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।

टी–२० फर्म्याटमा हुने प्रतियोगिता शनिबार दिउँसो ११ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ । तीनवटै टोलीका खेलाडीहरु शुक्रबार चितवन पुगिसकेका छन् ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा बोलाएका खेलाडी र १९ जना बाहिरका गरि तीन टोली बनाइएको छ ।

नयाँ बनाइएको पिच खेल्ने मिल्ने भइसकेको क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले खबरहबलाई बताए ।

प्रतियोगिताको आयोजना बागमती प्रादेशिक क्रिकेट संघ, चितवन जिल्ला क्रिकेट संघ, भरतपुर महानगरपालिका र प्रादेशिक खेलकुद समितिले गरेको हो।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ११ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा