गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता भोलिबाट | Khabarhub Khabarhub

गौतमबुद्ध कप क्रिकेट प्रतियोगिता भोलिबाट


२६ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शनिबारदेखि सुरु हुने गौतमबुद्ध कप क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ ।

भरतपुरस्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलको तयारी पूरा भएको क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले जानकारी दिएका हुन् ।

चार दिनसम्म हुने प्रतियोगितामा बाग्मती, नारायणी र राप्ती गरी तीन टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

बाग्मतीको कप्तानी राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले गर्नेछन् भने नारायणीको कप्तानी पूर्व कप्तान पारस खड्काले गर्नेछन् । यस्तै, राप्तीको कप्तानी विनोद भण्डारीले गर्नेछन् ।

टी–२० फर्म्याटमा हुने प्रतियोगिता शनिबार दिउँसो ११ बजेदेखि सुरु हुने आयोजकले जानकारी दिएको छ । तीनवटै टोलीका खेलाडीहरु शुक्रबार चितवन पुगिसकेका छन् ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले बन्द प्रशिक्षणमा बोलाएका खेलाडी र १९ जना बाहिरका गरि तीन टोली बनाइएको छ ।

नयाँ बनाइएको पिच खेल्ने मिल्ने भइसकेको क्विन्स इभेन्ट म्यानेजमेन्टका प्रवन्ध निर्देशक छुम्बी लामाले खबरहबलाई बताए ।

प्रतियोगिताको आयोजना बागमती प्रादेशिक क्रिकेट संघ, चितवन जिल्ला क्रिकेट संघ, भरतपुर महानगरपालिका र प्रादेशिक खेलकुद समितिले गरेको हो।

प्रकाशित मिति : २६ मंसिर २०७७, शुक्रबार  ६ : ११ बजे

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार